जिल्ला प्रहरी कार्यालय बाँकेका १७ जना प्रहरीलाई कोरोना पुष्टि

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय, बाँके कोरोनाको हटस्पट बनेको छ। जिप्रकामा दैनिकजसो नै संक्रमित थपिइरहेका छन्। शुक्रबार साँझ जिप्रकाका थप १७ जना प्रहरीमा कोरोना पुष्टि भएको छ।

भेरी अस्पताल, नेपालगञ्जले दोस्रो लटको विवरणमा सार्वजनिक गर्दा जिल्ला प्रहरी कार्यालयका १७ जनासहित २० जनामा कोरोना देखिएको हो ।यसअघि दिउँसो दुई बजे सार्वजनिक पीसीआर रिपाेर्टमा जिल्लामा ४० जनालाई कोरोना देखिएको थियो। त्यसमा पनि चार जना प्रहरी थिए।

जिल्ला प्रहरी कार्यालयमा एकजना थुनुवालाई कोरोना देखिएपछि मुद्दाफाँटका प्रहरीलाई कोरोना देखिएको थियो। प्रहरी निरीक्षकलाई नै कोरोना देखिएपछि अरुलाई जाँच गरिएको थियो।

यसअघि वडा प्रहरी कार्यालयका २९ जनालाई एकै पटक कोरोना देखिएको थियो। उनीहरु निको भइसकेका छन्।

भदौ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्