गुप्तचर जगतका केही व्यवहार र सिद्धान्त

सन्दर्भ एक

राजा वीरेन्द्र, प्रधानमन्त्री मरिचमान सिंह र अर्का एकजना

मन्त्रीवीचको उपस्थितिमा कुनै विषयमा एउटा निर्णय भएछ ।

तर त्यसको एक घण्टा भित्रै कुनै राजदुतले

प्रधानमन्त्री सिंहसँग उक्त निर्णयबारे जिज्ञासा राखेछन् ।

मरिचमान तीन छक पर्ने नै भए ।

तीन जना मात्रैको उपस्थिति, राजाबाट कुरा बाहिरिने कुरै भएन,
मरिचमान आफैँ भै गए, अब बाँकी तिनै मन्त्री ?

उनी तत्काल दरवार पुगे र सम्वन्धित मन्त्रीलाई

कारवाही गर्ने अनुमति राजासँग मागे ।

राजाले मरिचमान लाई सोधे — “कति जनालाई कारवाही गर्दछौ ?

नेपालको राजनीति, सरकार, प्रशासन र अन्य निर्णायक महत्वका सार्वजनिक क्षेत्रका हरेक तीन जनामा एक जना वाह्य एजेन्सी मार्फत परिचालित छन्”। (१)

सन्दर्भ दुई

“यो माओवादी मामिला के हो ? दरवारले गराएको हो भने हामीलाई सिध्याउन हो, तपाइँहरूले (भारतले) गराएको हो भने राजालाई सिध्याउन हो ।”

माथिको प्रश्न र टिप्पणी २०५७ साल साउन १७ गते दिल्ली भ्रमणको अवशरमा नेपालका

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतीय प्रधानमन्त्री अटल विहारी वाजपेयीसँगको भेटमा गरेका हुन् ! (२)

तर यथार्थमा यो दुवै थियो ।

दरवारले शुरूमा माओवादी विद्रोहप्रति सद्भाव र स्नेह प्रदर्शन गरेको पाइन्छ (३)

तत्कालिन शाही नेपाली सेनाको पनि त्यस्तै धारणा विभिन्न तरिकाबाट बारम्बार अभिव्यक्त भैरहेको थियो । (४)

नेपालको माओवादी विद्रोहलाई नेपालमा आफ्नो रणनीतिक लक्ष अनुरूप आफ्नो वाह्य गुप्तचर एजेन्सी “रअ”

मार्फत थाराकन – श्याम सरण मोडेल अन्तर्गत रत सरकारले सहयोग, संयोजन र समर्थन गरिरहेकोलाई

प्रचण्ड र बाबुरामले पनि स्वीकार गरेका छन् । ()

स्मरणीय छ, प्रचण्ड, बाबुराम र भारतीय सुरक्षा एजेन्सी निकट भारतीय विद्वान एस. डी. मुनीले प्रचण्ड र बाबुरामद्वारा भारत सरकार र ‘रअ’ लगायतका त्यहाँका सुरक्षा एजेन्सी हरूसँग नेपालमा भारतीय सुरक्षा हित र स्वार्थ अनुरूप कामगर्ने लिखित कबुलियत गरे पछि भारत सरकार नेपालमा राजसँस्था हटाउने निष्कर्शमा पुगेको थियो । ()

यति संवेदनशील सवालमा दरवार,सरकार, सेना तथा प्रहरीवीचको चरम सम्वन्ध संकटको त्यस्तो अवस्थाको पछाडि सरकार, दरवार र सेनावीचको पारम्परिक विश्वाशको अभाव नै थियो र नेपालका प्रमुख शक्ति केन्द्रहरूवीचको त्यही विश्वाशको संकट भित्र छिरेर माओवादी र भारतीय र अन्य गुप्तचर एजेन्सीहरू नेपालमा आफ्नालागि भूमिका चयन गरिरहेका थिए ।

नेपालका विभिन्न राजनीतिक परिवर्तन, आन्तरिक उथल पुथल र भारतसँगको सम्वन्धमा देखिएका तनाव र सङ्कटहरूका पछाडि नेपालको गुप्तचर संगठन र त्यसको सूचना र जानकारीहरू सङ्कलन गर्ने, त्यसको विश्लेषणगर्ने र सरकार एबं राजनीतिक पद्धतिको स्थिरता र सुरक्षामा पर्ने असरबारे सरकारलाई विश्वस्त तरिकाबाट बुझाउन नसक्नु पनि हो भन्ने देखिन्छ ।

सम्भवत नेपालको गुप्तचर संगठनलाई सरकार र राज्य तहबाट पाउनु पर्ने महत्व, प्राथमिकता, साधन र स्रोत

प्राप्त हुन नसकेकोले पनि त्यसो भएको हुन सक्दछ ।

सन्दर्भ तीन 

२०६२-६३को जन आन्दोलन निर्णायक चरणमा थियो ।

राजा ज्ञानेन्द्र र भारत सरकारका विशेष प्रतिनिधि कर्ण सिंह दरवारमा वार्ता गरिरहेका थिए ।

तर सो वार्ता टोलीका अर्का सदस्य विदेश सचिव श्याम सरण तत्कालीन शाही नेपाली सेनाको

जंगी अड्डामा प्रधान सेनापति प्यार जङ्ग थापासँग वार्ता गरिरहेका थिए ।

सो क्रममा भारतीय विदेश सचिव सरणले सेनालाई प्रदर्शकारी विरूद्ध परिचालित नहुन चेतावनी मात्रै दिएनन् , प्रधान सेनापति थापालाई राजाको सेनाको प्रधान सेनापति हुने कि नेपाली सेनाको प्रधान सेनापति हुने रोज्ने चुनौती समेत प्रस्तुत गरेको कुरा स्वयम् श्याम सरणले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । (

थापासँगको सो वार्ताको क्रममा प्रदर्शनकारी विरूद्ध सेना परिचालित भए र स्थिति नियन्त्रणमा आउन नसके राजाको सुरक्षामा खलल पर्ने समेत चेतावनी सरणले दिए । (

सरणले आफ्नो पुस्तकमा आफू नेपालमा राजदुत रहँदा थापा र अन्य सैनिक उच्चाधिकारीहरूसँग अत्यन्त निकट र हार्दिक सम्वन्ध रहेको आधारमा आफूले उनीहरू सँग सोझै र स्पष्ट कुरा गर्न सक्ने उल्लेख गरेका छन् । (

‘त्यो निकट र हार्दिक सम्वन्ध र सोझै र स्पष्ट कुरा गर्न सक्ने’ कूटनीतिक वाक्यको के अर्थ लाग्न सक्दछ, स्वतः प्रष्ट छ ।

नेपाली सेनाका उच्चाधिकारीहरूसँगको सोही भेट वार्ताको क्रममा नेपाली सेनाले आफ्नो परामर्श आनुसार कार्य गरेमा सेनाको भावी हक तथा हितका सवालमा भारत सरकारले सम्पूर्ण जिम्मेवारी लिने समेत आश्वासन सरणले दिएका थिए । (१०

नेपाली सेनाले सयौँ वर्ष लामो र विश्वविख्यात वीरतापूर्ण सङ्घर्षले भरिएको आफ्नो इतिहासको गौरव गाथालाई बिर्सिएर र आफ्नो स्थापना कालदेखिकै परमाधिपति रहेका राजालाई एक जना विदेशी कूटनीतिज्ञको चेतावनी र निर्देशनमा परित्याग गरिदियो ।

सम्भवत: समसामयिक विश्वमा संसारको कुनै सेनाले यसरी कुनै विदेशी कूटनीतिज्ञ समक्ष आत्म-समर्पण गरेको इतिहास छैन ।

मुलुकको स्वतन्त्रता र प्रभुसत्ताको सवैभन्दा ठूलो संरक्षक नै राष्ट्रको सेना हो र उक्त घटनाको राजनीतिक

अर्थ जे निकाले पनि सिद्धान्तत: उक्त घटनाले नेपालको स्वतन्त्रता र प्रभुसत्तालाई क्षत-विक्षत पारिदिएको छ ।

सो उद्देस्यले नेपाल आउनु अघि अघि ‘रअ’को संयोजनमा आफूले सिलिगुडीमा प्रचण्ड र बाबुराम भट्टराईलाई भेटेर उनीहरूलाई भारतको सहयोग र समर्थनको पूर्ण आश्वासन दिएकोबारे पनि श्याम सरणले उल्लेख गरेका छन् ।

अर्को महत्वपूर्ण पाटो के थियो भने कर्ण सिंहको राजा ज्ञानेन्द्र र श्याम सरणको प्यार जङ्ग थापासँग वार्ता भइरहेको बेला पारेर काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्ज निवाशमा हजारौँ प्रदर्शनकारीहरू जम्मा भएका थिए र सो अवशरमा प्रदर्शनकारीहरूको पक्षमा एक्यवद्धता जताउने उद्देस्यले नेपाल स्थित पश्चिमी मुलुकका राजदुतहरू पनि कोइराला निवाशमा भेला भएका थिए । (११)

अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक मर्यादाको यो अर्को अवमूल्यन थियो ।

बङ्गलादेशसिक्किम  ‘रअ‘ 

१९६२को चीन-भारत युद्ध र १९६५को भारत  पाक युद्धमा भारतको आन्तरिक र वाह्य गुप्तचर एजेन्सीको कार्य गर्ने इन्टेलिजेन्स व्युरोको काम त्यत्ति सन्तोषजनक नभएकोले प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९६८मा वाह्य गुप्तचर एजेन्सीको काम गर्नको लागि रिसर्च एण्ड एनालिसिस विङ्ग अर्थात ‘रअ’ को स्थापना गरेकी थिइन ।

स्थापनाको तेस्रो वर्षमा नै पाकिस्तानको विभाजन र बङ्गलादेशको जन्मको सम्पूर्ण पृष्ठभूमि ‘रअ’ले ‘तयार गर्यो । (१२

यसलाई ‘रअ’को सवैभन्दा ठूलो सफलता मानिन्छ ।

बङ्गलादेशको स्वतन्त्रता मार्फत मित्र रोज्न सकिन्छ, तर छिमेकी रोज्न सकिन्न भन्ने भनाईलाई निरर्थक बनाउनुका साथै ‘रअ’ ले दक्षिण एसियाको नयाँ इतिहास निर्माण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

बङ्गलादेशको स्वतन्त्रताकोलागि पूर्वी पाकिस्तानका कम्युनिस्ट पार्टीहरूलाई
सोभियत सङ्घले पनि सहयोग प्रदान गरेको थियो ।मुजिब सरकार गठन भएपछि पनि त्यहाँको सरकार, सेना,संसद, राजनीति,प्रेस र वौद्धिकक्षेत्रलाई
आफ्नो प्रभाव र नियन्त्रणमा राख्न संसारकै सर्वाधिक शक्तिशाली र साधन
सम्पन्न सोभियत गुप्तचर संगठन – केजिबीले लाखौँ करोडौँ खर्च गरेको थियो ।

बङ्गलादेशको स्थापनामा

‘रअ’ को भूमिका बारे धेरै लेखिएको छ तर सोभियत गुप्तचर संगठन बारे त्यति धेरै चर्चा हुने गरेको छैन ।

वास्तवमा स्वतन्त्र बङ्गलादेशको जन्ममा सोभियत जासूसी संगठन केजिबीले पनि सशक्त भूमिका निर्वाह गरेकै थियो ।

पाकिस्तान अमेरिकी सैनिक गुटमा आवद्ध थियो, तर पनि राष्ट्रपति अयुवको कार्यकाल देखिनै पाकिस्तानको सरकार, सेना, राजनीति र अन्य पक्षमा आफ्नो प्रभाव स्थापना गर्न र अमेरिकाको मनमा पाकिस्तानप्रति सन्देह पैदा गराएर दुई मुलुकको वीचमा दूरी निर्माण गर्ने र त्यहाँ आफ्नोलागि स्थान निर्माण गर्ने कार्य केजिबीले गरिरहेको थियो । (१३)

अर्कोतिर, बङ्गलादेशको स्वतन्त्रताकोलागि पूर्वी पाकिस्तानका कम्युनिस्ट पार्टीहरूलाई सोभियत सङ्घले पनि सहयोग प्रदान गरेको थियो । मुजिब सरकार गठन भएपछि पनि त्यहाँको सरकार, सेना,संसद, राजनीति,प्रेस र वौद्धिक क्षेत्रलाई आफ्नो प्रभाव र नियन्त्रणमा राख्न संसारकै सर्वाधिक शक्तिशाली र साधन सम्पन्न सोभियत गुप्तचर संगठन – केजिबीले लाखौँ करोडौँ खर्च गरेको थियो ।

पछि आएर केजिबीले शेख मुजिबको दल अवामी लिगसँगै अन्य तीन वामपन्थी दलहरूको एकीकरण गराएर बङ्गलादेशमा एक दलीय शासनको थालनीकालागि प्रेरित गरेर दक्षिण एसियामा पहिलो काम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । (१४ )

सोको घात -प्रतिघातमा भएको सैनिक विद्रोहमा बङ्गलादेशका राष्ट्रपिता भनिने शेख मुजिब र उनको सम्पूर्ण परिवारको हत्या भएको थियो ।

त्यतिखेर विदेशमा रहेकी उनकी छोरी शेख हसिना वाजेद संयोगले बाँच्न सफल भइन र हाल

उनी बङ्गलादेशको प्रधानमन्त्री छिन ।

बङ्गलादेशको स्वतन्त्रता पछि चुलिएको इन्दिरा गान्धीको महत्वाकांक्षा सिक्किमतर्फ केन्द्रित थियो ।

सिक्किम भारतको संरक्षित राज्य रहेकोले सो शव्दको सट्टा भारत र सिक्किमवीच एउटा स्थायी आवद्धताको प्रस्ताव भारतीय पक्षले राखेको थियो ।

त्यसो भएमा सिक्किमलाई केही आन्तरिक स्वायत्तता सहित राष्ट्र सङ्घ जस्ता अन्तर्राष्ट्रिय संगठनहरूको सदस्यता दिलाउने तर्फ भारतले सहयोग गर्ने आश्वासन समेत भारतको थियो । (१५ )

तर त्यसमा भारतको षड्यन्त्र रहेको विश्लेषण सिक्किम नरेश अर्थात चोग्याल पाल्देन थोन्डुप नामग्यालको थियो र अमेरिकी मूलकी उनकी रानी होप कुकको आत्मकथा अनुसार चोग्यालले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरका एक सहयोगीलाई त्यसबारे जानकारी गराएका थिए । (१६ )

१९७२ अक्टोबरमा ब्रिटिस हाइ कमिस्नर सर टेरेन्स गार्भेले ब्रिटिस विदेशमन्त्री एलेक डग्लस होमलाई पठाएको गोप्य प्रतिवेदनमा आफ्नो दोस्रो सिक्किम भ्रमणबारे जानकारी दिँदै नाथुला पासमा भारतीय र चीनियाँ सेनाहरू वीचको दूरी एउटा क्रिकेट मैदानको पिच जति मात्रै भएको उल्लेख गरेका छन् । (१७ ) 

चीन-पाकिस्तान र अमेरिका भारत विरोधी धुरीमा रहेको, सिक्किमको सीमाको त्यति नजिक चीनियाँ सेना तैनाथ रहेको बखत सिक्किमबारे ब्रिटेन र अमेरिकाको चासो बढिरहेको बेलामा डफ अनुसार दक्षिण एसियामा भारतको बढ्दो दबदबालाई नियन्त्रण गर्न सिक्किम र भुटान लगायत क्षेत्रका मुलुकहरूमा अमेरिकाको सघन उपस्थिति आवश्यक रहेकोबारे पाकिस्तानी राष्ट्रपति ( पछि प्रधानमन्त्री ) जुल्फिकार अली भुट्टोले किसिन्जरसँग गोप्य मन्त्रणा गरेका थिए ।

उपरोक्त परिवेशमा इन्दिरा गान्धीका अत्यन्त विश्वासी ‘रअ’का प्रमुख रामेश्वर नाथ कावको सक्रियता सिक्किममा बढेको थियो ।

सिक्किमसँग सीमा जोरिएका पश्चिम बंगालका भूभागहरूमा र दक्षिणी सिक्किममा रअका गुप्तचरहरू

सिक्किममा चोग्याल विरोधी र प्रजातन्त्र समर्थक गतिविधि गराउन सक्रिय थिए ।

त्यसमा मूख्य त काजी अर्थात सिक्किम सरकारका प्रधानमन्त्री लेन्डुप दोर्जे नै थिए जो भारतमा

सिक्किमको विलय पछिको चारवर्षसम्म त्यहाँको मूख्यमन्त्री भएका थिए ।

यता ‘रअ’ले सिक्किमलाई भारतमा गाभ्ने आन्तरिक तयारी गरिरहेको, उता पाकिस्तान, चीन, बेलायत र अमेरिकाको रणनीतिक रूची पनि सिक्किमतर्फ लक्षित भइरहेको र सिक्किममा माथि उल्लेख गरे जस्तै ‘रअ’द्वारा प्रायोजित प्रजातन्त्र पक्षधर आन्दोलनकारी गतिविधि बढिरहेको समयमा भारत सरकार र भारतीय सुरक्षा एजेन्सी हरूका घातक वाधा र अवरोधहरूलाई साहशपूर्वक छिचोल्दै राजा बीरेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन चोग्याल सडक मार्गबाट नेपाल आइपुगे । (१८ )

भारतीय प्रधानमन्त्री श्रीमती गान्धी र उनको सरकारको विचारमा राजा बीरेन्द्रद्वारा प्रस्तावित शान्ति क्षेत्र प्रस्तावको मूल लक्ष १९५०को सन्धि र नेपाल भारत विशेष सम्वन्धलाई अन्त्यगर्ने रहेको थियो ।

राजा बीरेन्द्र र प्रधानमन्त्री श्रीमती गान्धीवीच अविश्वासको वातावरण निर्माण भइरहेको बखत अन्य विशिष्ट अन्तर्राष्ट्रिय अतिथिहरूलाई भन्दा दोब्बर बढी समय लिएर राजा बीरेन्द्र र सिक्किम नरेशवीच एक्लाएक्लै भेट वार्ता भयो ।

सोही अवशरमा पाकिस्तानी सरकारका प्रतिनिधि, चीनियाँ उप प्रधानमन्त्री, अमेरिकी राष्ट्रपति जेराल्ड फोर्ड र

बेलायतकी महारानीका प्रतिनिधिसँग समेत सिक्किम नरेशको भेटवार्ता भयो ।

त्यसले कतै सिक्किम नरेश मुख अन्तर्राष्ट्रिय शक्तिहरूको सहयोगमा राष्ट्र सङ्घ समक्ष विशेष अपील

त गर्दैछैनन् भनेर भारत सरकार एक किसिमले अत्तालियो । (१९

त्यसमाथि एउटा पत्रकार सम्मेलनमा सिक्किम नरेशले आफूले आफ्नो मुलुकको स्वतन्त्रताको रक्षाको

लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता घोषणा गरेर भारतको आशंकालाई थप बलियो बनाइदिए ।

कतिपयले उनलाई  ही समय नेपालमै रहेर परिस्थितिको अध्ययन गर्न र सम्भावित

विकल्पहरू चयनगर्ने समयलिन सल्लाह दिएका थिए, तर सिक्किम नरेश अर्थात चोग्यालले

आफू सिक्किम मै बाँच्ने र सिक्किममै मर्ने घोषणा गरेर (२०) आफ्नो मुलुक फर्किए ।

उता सिक्किम नरेशकी पत्नी होप कुक अमेरिकामा भारत विरोधी व्यक्ति र समूहसँग निरन्तर सम्पर्कमा थिइन् ।

चोग्यालको नेपाल गतिविधि, उनकी पत्नीको अमेरिकामा जारी क्रियाकलाप र चोग्याल र उनका अङ्ग रक्षकको चोग्यालको निर्देशनमा सिक्किम काङ्ग्रेसका केही महत्वपूर्ण नेतृत्वको हत्या साथै हिंसा र बमवारी मच्चाएर सिक्किममा उथल पुथल मच्चाउने षड्यन्त्रको खुलासा ‘रअ’लाई भयो (२१ )

त्यस अवस्थामा भारत सरकार, ‘रअ’ र अन्य सुरक्षा एजेन्सीहरू चोग्याल सरकारको प्रधानमन्त्री अर्थात काजी लेन्डुप दोर्जे र प्रजातन्त्र पक्षधर चोग्याल विरोधीहरू एकै साथ उनी र उनका सहयोगीहरू विरूद्ध कठोररूपमा खनिए ।

अन्तत: चोग्याल सिक्किम फर्किएको दोस्रो महिनामा नै अर्थात अप्रिल १०, १९७५मा २२औँ भारतीय राज्यकोरूपमा सिक्किम भारतमा गाभियो ।

स्थापनाको सातौँ वर्षमा यो ‘रअ’ को दोस्रो ठूलो सफलता थियो ।

सिक्किम विलयपछि प्रधान मन्त्री इन्दिरा गान्धीले नेपालको तराईलाई भारतमा गाभ्ने रणनीतिक योजना बनाएर कार्यान्वयन गराउन ‘रअ’ का प्रमुख रामेश्वर नाथ कावलाई आदेश दिएकी थिइन् तर त्यसपछि भारतीय राजनीतिमा आएको उथल पुथलले इन्दिरा गान्धीलाई नै सत्ताबाट हटायो र ‘रअ’को तराई योजना र उसलाई सुम्पिइएका अन्य जिम्मेवारीहरू कार्यान्वयनमा जान सकेनन् । (२२ )

क्रमशः

सन्दर्भ सूची 

(उक्त कुरा स्वयम् मरिचमानले आफूलाई बताएको भनेर एक राजनीतिज्ञले एक वरिष्ट पेशाकर्मीलाई भनेका रहेछन्  

 हाल ८५ को उमेरको आसपासमा रहेका ती पेशाकर्मीले केही वर्ष अघि यो पंक्तिकारलाई बताएका थिए  

त्यतिखेर राजाले जे भने भनेर बताइयोत्यो होला ? नहोला ? भन्ने लागेको थियो तर त्यस पछिको स्थिति विकाश हेर्दा त्यसमा पत्यार नगर्नु पर्ने कुनै कारण देखिएन  

स्वयम् दरवारका एक पूर्व सैनिक सचिवले आफ्नो एउटा चर्चित पुस्तकमा राज प्रसाद सेवामा 

समेत कसैलाई नियुक्ति  वर्खासीको कुरामा सशक्त  सफल भारतीय हस्तक्षेप रहने गरेको कुरालाई बुझिने गरी सङ्केत गरेर राजा वीरेन्द्र  प्रधानमन्त्री मरिचमान सिंहवीच भएको वार्ताको सत्यतालाई पुष्टि गरेका छन् — हेर्नुहोस विवेक कुमार शाह– मैले देखेको दरवार : सैनिक सचिवको संस्मरण,यति पब्लिकेसन्स२०६७पहिलो संस्करणपृष्ठ १५ 

( ) सुधीर शर्माप्रयोगशाला : नेपाली संक्रमणमा दिल्लीदरवार  माओवादीफाइन प्रिन्ट२०७०पृष्ठ १०५

( ) विवेक कुमार शाह– मैले देखेको दरवारपृष्ठ ६१६२ 

( ) अन्य विभिन्न पुस्तकमा त्यसवारे उल्लेख गरिएको भए पनि तत्कालिन प्रहरी 

महानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथानेपालयसन् २०१८पृष्ठ २२३११– ३५६ त्यसको जीवन्त झलक पाइन्छ  

( ) माओवादी पार्टी संवद्ध  त्यहाँका उच्च नेतृत्व वर्ग निकट पत्रकार शुभशंकर कंडेल लिखित पुस्तक ‘अवतरण’ , सेन्टर फर एसियन पोलिसी रिसर्च एण्ड स्टडिज२०७५पृष्ठ ९४९८

 ( ) सेवास्टियन भोन इन्सिडेलडेभिड एममलोन  सुमन प्रधान सम्पादित  क्याम्ब्रिज युनिभर्सिटी प्रेसद्वारा २०१२मा प्रकाशित पुस्तक नेपाल इन ट्रान्जिसनफ्रम पिपुल्स वार  फ्रेजाइल पिसमा एस डी मुनीको लेख– ब्रिङ्गिङ् दी माओइस्ट फ्रम दी हिल्ज : इन्डियाज रोलको पृष्ठ ३२० –३२१ 

प्रशान्त झा – ब्याटल्स अफ दी न्यु रिपब्लिक कन्टेम्पोररी हिस्ट्री अफ नेपालअलेफ बुक कम्पनी२०१४पृष्ठ १२१ 

सो प्रयोजनको लागि माओवादीलाई भारतमा तालिम समेत दिइएको जानकारी दरवारलाई जानकारी थियो – विवेक कुमार , पूर्वोक्त पुस्तक पृष्ठ ७७८१ 

श्याम सरण – हाउ इण्डिया सीज दी वर्ल्ड : कौटिल्य टु दी ट्वेन्टी फस्ट सेन्चुरी ,जुगरनट ,२०१७पृष्ठ १६०

( ) ऐजन

( ) ऐजनपृष्ठ १५९ 

(१०हेर्नु होस् —नेपालका विख्यात प्रशासककूटनीतिज्ञ  प्राज्ञ देवेन्द्रराज उपाध्यायका सुपुत्र तथा तथा माओवादी

द्वन्द्वको वेलामा विश्व बैंकको सल्लाहकारको रूपमा नेपालको विकाश प्रयाश  सम्वन्धित आयोजनाहरूको सफलताअसफलता , समस्या  चुनौतीहरूलाई 

नजिकबाट हेरेका राजिव उपाध्यायको नेपालको अर्थ राजनीति सम्वन्धमा हालै मात्र प्रकाशित पुस्तक कबाल्स एण्ड कार्टेल्स् : एन अपक्लोज लुक एट नेपालस् टरबुलेन्ट ट्रान्जिसन एण्ड डिसरप्टेड डिभेलप्मेन्ट,फाइन प्रिन्ट२०२०पृष्ठ– १०९

(११ ) राजिव उपाध्याय ऐजन पृष्ठ 

 (१२) ‘रअका पूर्व अधिकारी आर के यादव – ‘मिसन रअ’, मानस पब्लिकेसन्सनयाँ दिल्ली,२०१४पृष्ठ २२६२४४.

(१३) हेर्नुहोसहजारौँ अत्यन्त गोपनीय  महत्वपूर्ण फाइलहरू लिएर तत्कालीन सोभियत सङ्घबाट भागेर बेलायतमा शरण लिन गएका केजिबीका एक उच्चाधिकारी भासिल मित्रोखिनले क्रिस्टोफर एन्ड्रयुसँग मिलेर लेखेको पुस्तक मित्रोखिन आर्काइभ : केजिबी एण्ड वर्ल्ड

पेङ्गुइनएप्पल बुक्स२०१८च्याप्टर १९ अन्तर्गत पाकिस्तान एण्ड बंगलादेश  

(१४ऐजन 

 (१५) एन्ड्रयु डफ – सिक्किम : रेक्वियम फर  हिमालयन किङ्गडमर्यान्डम हाउसइन्डिया,२०१५पृष्ठ १७५७६ . 

(१६ ) डफ –ऐजनपृष्ठ १७६.

(१७ ) डफ –ऐजनपृष्ठ १७७

(१८ ) सुनन्दा केदत्ता रे – स्म्यास एण्ड ग्र्याब : एनेक्सेसन अफ सिक्किमट्र्याङ्केबार प्रेस,वेष्टल्याण्ड लिमिटेड२०१३पृष्ठ ३४२३४५  एन्ड्रयु डफपूर्वोक्त पुस्तकपृष्ठ  ५२– २५५ .

(१९). दत्ता रे– ऐजन , पृष्ठ ३४५  डफ– ऐजन पृष्ठ २५४२५५ . 

(२०रेऐजन , पृष्ठ ४६.

(२१ ) आरकेयादवऐजन , पृष्ठ ३१७३१८.

(२२आरकेयादव , ऐजन पृष्ठ २६३

भदौ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्