कोरोनाबाट कर्मचारीको मृत्यु भएपछि नेपालगञ्ज उपमहानगरपालिका ‘सील’

नेपालगञ्ज – कोरोनाबाट कर्मचारीको मृत्यु भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई ‘सील’ गरिएको छ।

कार्यालयको जिन्सी शाखामा कार्यरत युवराजविक्रम घलेको गएराती मृत्यु भएपछि उपमहानगरपालिका कार्यालयले आज शोक बनाउदै तीन दिन सील गर्ने जनाएको हो।

मंगलबारदेखि तीन दिनसम्म कार्यालय बन्द रहने छ। आज पनि शोक मनाएपछि कार्यालय बन्द गरिएको छ।
उपमहानगरपालिकाले जिन्सी सहायक घलेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।

मेयर डा. धवलशमशेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताउदै शोक सन्तप्त परिवारमा महानुभूति प्रटक गरे ।

भदौ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्