नेपालगञ्ज-नेपालगञ्जमा मृत्यु भएकी ८० वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको छ।

नेपालगञ्ज–१६ की ८० वर्षीया बृद्धामा मृत्युपछि कोरोना देखिएको हो। वृद्धाको मंगलबार विहान सात बजे नै मृत्यु भएको थियो । उनको रिपोर्ट साढे तीन बजे आएको छ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्या रहेकी बृद्धालाई समस्या भएपछि २१ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो।

२२ गते पीसीआर जाँचका लागि स्वाव लिइएको थियो। महिलाको स्वास्थ्य बिग्रिदै गएर विहान सात बजे मृत्यु भयो । उनको पीसीआर रिपोर्ट भने मृत्यु भइसकेपछि आयो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ।

जिल्लाबाट बाहिरबाट उपचार गराउन आउदा मृत्यु भएकाको संख्या तीन रहेको छ। यसैबीच, मंगलबार बाँकेमा १४ जना संक्रमित थपिएका छन्। अदालतका रजिष्टारसहित १४ जना नयाँ संक्रमित थपिएका हुन्।

भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ३३ जना नयाँ संक्रमित थपिदा बाँकेका १४ जना परेका हुन् । अरु १९ जना बर्दियाका छन्। बर्दियाको सबै नै बाँसगढी नगरपालिकाका छन्।

भदौ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्