कांग्रेस महामन्त्री डा. कोइरालामा कोरोना संक्रमण पुष्टि, घरमै आइसोलेसनमा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाई कोरोना संक्रमण भएको छ।

सोमबार १०४ ज्वरो आएपछि कोइरालको स्वाब परीक्षणका लागि ह्याम्स अस्पताल लगिए पनि रिपोर्ट अस्पष्ट भएपछि मंगलबार टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुनः परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो।

आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि महामन्त्री कोइरालाले यसबारे जानकारी दिँदै आफूलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको जानकारी दिए।  ‘चिकित्सकहरुकाे सल्लाह अनुसार हाल म हाेम आइसाेलेसनमा छु,’ कोइरालाले भने। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन आग्रह गरेका छन्।

डा. कोइरालालाई सोमबार ज्वरो आए पनि मंगलबार भने अवस्था सामान्य रहेको छ। कोरोनाको आशंका लागिपछि कोइरालकाको परिवार र सुरक्षाकर्मीसहित थप १९ जनाको स्वाव परिक्षणका लागि स्टार हस्पिटल लगिएको छ।

भदौ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्