राजधानीको खुलामञ्चमा भोको नेपालका प्रतिनिधि तस्बिरहरु (फोटो फिचर)

काठमाडाैँ- सरकारले काठमाडाै उपत्यकामा निषेधाज्ञामा लागू गरेपछि काठमाडाैँको खुल्ला मञ्च मजदुरहरूको खाना खाने स्थल बन्न पुगेको छ।
कुनै बेला ठूला ठूला नेताहरूको भाषण गर्ने ठाउँ, सर्वहारा, गरीब र मजदुरहरूको अधिकारको हक र अधिकार माग्ने उक्त खुल्ला मञ्च निषेधाज्ञामा मजदुरहरूको खाना खान स्थल बनेको हो।
सबैतिर बन्द भएपछि मजदुरहरू दिनभर काम गरेर साँझ खुल्ला मञ्चमा डोको र नाम्लो लिएर खाना खान दैनिक आउने गरेका छन्।
उनीहरूको दैनिकी यो निषेधाज्ञामा यसरी नै चलिहरेको छ। मजदुरहरूले आफूसँगै बालबालिकालाई पनि सँगै लिएर आउने गरेका छन्। कोरोना भाइरसले मजदुरहरू काम गर्न नपाउँदा उनीहरूको जनजीवन कष्टपूर्ण तरिकाले बित्दै आएको छ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरू: