बागलुङको ताराखोलामा चट्याङ्ग लागेर एकजनाको मृत्यु

सांकेतिक तस्बिर।
बागलुङ – चट्याङ्ग लागेर बागलुङको ताराखोलामा बुधबार राति एक युवाको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङ्ग लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।
मोबाइल चार्जमा राख्नेक्रममा रहेका बेला चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले राति नै मृत घोषित गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रहरी नायव निरीक्षक युवराज सलामिले बताए ।
शव पोष्टमार्टमपछि बिहीबार परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ।