बाँकेमा कोरोना संक्रमितको संख्या १४ सय पुग्यो

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ४ पुगेको छ।

जिल्लामा शनिबार ४० जना थप हुँदा संक्रमितको संख्या चौध सय नाघेको हो। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार शनिबार भेरी अस्पतालमा ३५ र बागेश्वरी ल्याबमा ५ जनामा कोरोना पुष्टि भएको छ।

जिल्लामा शुक्रबार संक्रमित थपिएका थिएनन्। भेरी अस्पताल र बागेश्वरी दुवै ठाउँबाट संक्रमितको विवरण सार्वजनिक भएको थिएन। शनिबार भेरीमा थपिएका ३५ जनामा आठ जना मालपोत कार्यालय, बाँकेका कर्मचारी भएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए।

यसैबीच शनिबार बाँकेबाट १५ जना डिस्चार्ज भएका छन्। भदौको १३ गते संक्रमित भएका उनीहरु निको भएर घर गएका हुन्। जिल्लामा अहिलेसम्म नौ सय ८५ जना डिस्चार्ज भइसकेका छन्।

भदौ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्