कोरोना भाइरस र हाम्रो शरीरको सूचनातन्त्र

कोरोनाको महामारीलाई साक्षेपरुपमा विश्लेषण गर्ने हो भने प्रत्येक व्यक्ति आज सार्स कोरोना भाइरसको प्रभाव क्षेत्रमा छ। यो एक अदृश्य भाइरस (विषाणु) हो, अरु भाइरसजस्तै जो देखिँदैन। यसकारण जीवनको यो संकटको बेला कोरोनासँगको युध्दमा विजयको सम्भावनाका लागि हामीसँग दुईवटा उपाय छन्।

पहिलो उपाय सजगता, सतर्कता र बौध्दिकताले संक्रमणको प्रभावबाट आफूलाई बचाएर राख्न्नु हो। अर्को उपाय हो- आफ्नो शरीरको रोगप्रतिरोधक क्षमता एवं आत्मबललाई यति बलियो बनाऊँ कि कोरोनारुपी शत्रु परास्त होस् तर तपाईँलाई स्पर्ष नगरोस्। यहाँ शत्रुको बारेमा स्पष्ट जानकारी हुनु जरुरी छ कि बिषाणु (भाइरस) सजीव वा निर्जीवबीचको कडी हो अर्थात यो कुनै सजिव कोशिका (सेल) मा नै रहेर सजीवको जस्तै व्यबहार गर्नसक्छ। यिनीहरु धैरै प्रजातिमा विभक्त छन् तर सबै भाइरसको मानिसमा सोझै असर हुँदैन। अधिकांश जनावर र चराचुरिङ्गीहरुबाट मानिसहरुमा सञ्चारित या प्रसारित हुन्छ। अनुकूल ताप वा वातावरणमा यसले आफ्नो संख्या बढाउँछ। यस समयमा रोगको पहिचान गर्ने कुनै प्रकारको लक्षण शरीरमा उत्पन्न हुँदैन। यो समयलाई इन्क्युवेसन पिरियड भनिन्छ। तर जब संख्यात्मक रुपमा यी भाइरसहरुको बृध्दि भइसक्छ, त्यसपछि प्रभावित व्यक्तिमा रोगका लक्षणहरु देखिन थाल्छ।

शरीरको सुरक्षातन्त्रले प्रवेशमार्गमा यसको पहिचान गरी रोक्ने र बाहिर निकाल्ने प्रतिक्रिया लक्षणको रुपमा शरीरलाई सूचित गर्दछ। जस्तै- नाकमा भए नाकबाट पानी आउनु, नाक चिलाउनु, र हाँच्छ्यू आउनु। आँखाबाट प्रवेश गरेमा– आँखाबाट आँसु आउनुका साथै टाउको दुख्ने, यस्तै आक्रमण गलामा भएको छ भने घाँटी दुख्न्ने, कुनै खाद्य वा पेय पदार्थ निल्दा तकलिफ हुनु, स्वर भासिनु, सुक्खा खोकी लाग्नु, यस्तै- गलादेखि अलि तलतिर श्वासनलीमा भए सुख्खा खोकी लाग्नुका साथै बहुत कम कफ आउनु या गाढा कफ देखिनु।

हाम्रो शरीरमा पनि लोकल इन्टेलिजेन्सको जस्तै सूचनातन्त्र हुन्छ। सूचनातन्त्रले डब्लुबिसी (सेतो रक्तकण) लाई शरीरको प्रभावित भागलाई लक्षित गरी भाइरस नियन्त्रणका लागि पठाउँछ। सुरक्षात्मक कारबाहीको दौरानमा रुघाखोकी वा हाँछ्यू-  तरल पदार्थको माध्यमबाट संक्रमणलाई बाहिर निकाल्नुका साथै शरीरले नै तापक्रम बढाएर भाइरसको गतिविधिलाई नियन्त्रित गर्न खोज्छ किनभने अधिकांश भाइरसले ९९ डिग्री फरेनहाइटभन्दा बढी तापक्रममा आफ्नो सक्रियता बढाउन सक्दैन, न त बिषाणु (भाइरस) आफ्नो सुरक्षा हेतु विषाक्तता प्रदर्शित गर्दछ। यस द्वन्द्व मा प्रभावित व्यक्तिलाई ज्वरो आउने, जिउ दुख्न्ने हुनसक्छ। व्यक्तिमा यो भाइरस प्रवेशको सरलतम मार्ग श्वास-प्रश्वासको उपरी भाग हो अर्थात नाक, मुख र आँखा हुनसक्छ। जहाँ यी भाइरसले आफूलाई सजिलैसित स्थापित गर्नसक्छ किनभने शरीरको यस अगंमा श्लेष्मिक स्रावको आद्रताको कारण तापमान शरीर वा वातावरणभन्दा एक दुई डिग्री कम हुन्छ जुन ठाउँ भाइरसको रेप्लिकेशनको लागि उपयुक्त हुन्छ।

शरीरको सुरक्षातन्त्रले प्रवेशमार्गमा यसको पहिचान गरी रोक्ने र बाहिर निकाल्ने प्रतिक्रिया लक्षणको रुपमा शरीरलाई सूचित गर्दछ। जस्तै- नाकमा भए नाकबाट पानी आउनु, नाक चिलाउनु, र हाँच्छ्यू आउनु। आँखाबाट प्रवेश गरेमा– आँखाबाट आँसु आउनुका साथै टाउको दुख्ने, यस्तै आक्रमण गलामा भएको छ भने घाँटी दुख्न्ने, कुनै खाद्य वा पेय पदार्थ निल्दा तकलिफ हुनु, स्वर भासिनु, सुक्खा खोकी लाग्नु, यस्तै- गलादेखि अलि तलतिर श्वासनलीमा भए सुख्खा खोकी लाग्नुका साथै बहुत कम कफ आउनु या गाढा कफ देखिनु। यसै गरी क्रमश: यस भाइरसको अगाडि बढ्ने क्रम फोक्सोमा पुगेपछि ज्वरो, निमोनिया, श्वास फेर्न गाह्रो हुनु आदि। यसपछि यसले शरीरको अन्य अंगतन्त्रलाई प्रभाबित गर्नसक्छ, अर्थात लक्षणहरुले भाइरसको संक्रामकता वा प्रभावको स्तरलाई पनि प्रदर्शित गर्दछ। तर वर्तमान समयमा कोरोना भाइरस (कोविड-१९) को जुन प्रजातिको विश्वभरि प्रसार छ, त्यसको बारेमा अथवा यसको प्रभावकारी उपायको बारेमा हालसम्म वैज्ञानिकहरुलाई जानकारी भइसकेको छैन। यस्तो बेलामा सचेत, सतर्क भएर स्वयंलाई भाइरसको संक्रमणको सम्भावना कम गर्न संक्रमित व्यक्ति या त्यस क्षेत्रलाई समेत बचाएर राख्न्नको साथै आत्मबल बलियो बनाएजस्तै आफ्नो शरीरको इम्युनिटी पावर (रोगप्रतिरोधक क्षमता) बढाउने उपाय गर्नु श्रेयष्कर हो।

संक्रमणबाट बच्ने के छ त उपाय?

कोविड- १९ को हालसम्म कुनै औषधि छैन। यसकारण विश्व स्वास्थ्य संगठनले बचाऊ पक्षलाई सर्वाधिक महत्वपूर्ण मान्दै केही निर्देशन दिएको छ। यस नियमको पालना प्रत्येक व्यक्तिद्वारा अनिवार्य रुपमा गर्न गराउन, विश्वका कयौँ देशहरुले लकडाउन घोषित गरेका छन् भने केही देशले त निषेधाज्ञा लागू पनि गरेका छन्। यसले समाजमा व्यक्तिहरुको आवतजावत, भेटघाट कम गर्न सकियोस्। यसको कारण के छ भने यदि कोई व्यक्ति जसमा कुनै प्रकारको शुरुवाती लक्षण छैन, यस अवस्थामा यदि त्यो संक्रमित भयो भने त्यसको सम्पर्कमा आउने अन्य व्यक्तिहरु जसको इम्युनिटी पावर कम छ, उनीहरुलाई संक्रमित गर्दै जान्छ र यसप्रकार संक्रमितहरुको संख्यामा गुणात्मक बृध्दि हुनसक्छ। यही अवस्था मनुष्यताको लागि सबैभन्दा ठूलो संकट र चिन्ताको विषय हो।

यसको लागि पहिलो तरिका हो:

फिजिकल डिस्ट्यान्सिङ– यसले भिडभाड भएको ठाउँमा मानिसहरु ठूलो समूहमा व्यक्तिगत सम्पर्कलाई कम गर्न सकियोस्। यसको लागि अभिवादन– नेपाली संस्कृतिको अनुरुप हात जोडेर नमस्ते गर्नुपर्छ। हात मिलाउने, अंकमाल गर्ने या अन्य प्रकारको शारीरिक सम्पर्क त्याग्नुपर्छ। पारस्परिक सहयोगको भावना बढाउँदै आफ्नो सामाजिक बन्धन बलियो बनाउनुपर्छ। यसको लागि आफन्तहरुसँग बेलाबखत फोनमा (भलाकुसारी) कुराकानी गरिरहनु पर्छ।

मास्क लगाउनु– मास्कको प्रयोगले बिषाणु (भाइरस) लाई शरीरमा प्रवेश गर्न रोकिदिन्छ भन्न त सकिँदैन। तर मास्कको प्रयोगले कोरोना भाइरसबाट प्रभावित व्यक्तिले खोक्दा या हाँछ्यू गर्दा उछ्छिटिने पानीका थोपाहरुद्वारा हुने संक्रमण‍लाई नियन्त्रित भने अवश्य गर्न सकिन्छ।

हातको स्वच्छता– बराबर साबुनपानीले हात धुने या ७०% अल्कोहल आधारित स्यानिटाइजर प्रयोग गर्ने। खोक्दा या हाँछ्यू गरेपछि खाना खानुभन्दा अगाडि, सार्वजनिक ठाउँमा, ढोकाको ह्यान्डल, कलबेल (घन्टी), लिफ्टको स्विच या आफ्नो अनुहार हातले छुनुभन्दा अगाडि हातलाई राम्रोसँग मिचिमिची धुनुपर्दछ। खोक्दा या हाँच्छ्यू गर्दा हातको कुहिनोलाई प्रयोग गर्ने या टिस्युपेपर प्रयोग गर्ने। प्रयोगमा ल्याइएका टिस्युपेपरलाई ढक्कन भएको डस्टबिनमा हाल्दिनुपर्छ।

अनुहारलाई दूषित हातले छुनबाट बचौँ– दूषित हातले अनुहार, आँखा, नाक र मुख छुनबाट बच्नु भनेको एक आत्मसुरक्षाको उपाय हो किनभने दूषित हात संक्रमणको कारण बन्न सक्छ।

आइसोलेसन (एकान्तबास)– समाजमा संक्रमण फैलिनुबाट रोक्न तपाईँ स्वयं आफैँले गर्ने श्रेष्ठ योगदान हो। यदि तपाईँमा कोरोना भाइरस (कोविड-१९) का लक्षणहरु देखिएमा स्वयंले आफैँलाई सार्वजनिक स्थलमा जाने र भेटघाट गर्ने कार्य बन्द गरिदिनुपर्छ र आवश्यकता अनुसार चिकित्सकको सल्लाह लिनुपर्छ।

सार्वजनिक स्थलमा नथुकौँ- यसको साथै आफ्नो घर एवं घरको भित्ता, ढोकाको ह्यान्डल आदिलाई पनि समयसमयमा स्यानिटाइज गर्दै गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरण स्वच्छ र सफा राख्नुपर्छ।

आफ्नो इम्युनिटी पावर कसरी बढाउने– शरीरमा भिटामिन “सी”को उपयुक्त मात्रा तपाईँको इम्युनिटी बढाउन आवश्यक छ। सिजन अनुसार ताजा फलफूलहरु- कागती, मौसमी, सुन्तला किबी, अम्बा, काँक्रो, अमला गोलभेँडा आदिमा पर्याप्तमात्रामा भिटामिन सी पाइन्छ। मिनरल साल्ट र भरपुर नरिवल पानीको सेवनले पनि रोग प्रतिरोधक क्षमता बढाउनमा मद्दत गर्दछ।

तनाव नलिने, सकारात्मक सोच राख्न्ने, प्रसस्त पानी पिउने, पर्याप्त निन्द्रा अर्थात कम्तीमा ७ घन्टा सुत्ने। बिहान कलिलो घाममा ३० मिनट जति बस्ने। योगाभ्यास एवं ध्यान गर्ने, गरमपानी पिउने, सुत्ने बेला दूधमा बेसार हालेर पिउने, बेलाबेलामा वाफ लिने। चियाको सट्टा हर्बल टी पिउने। यसरी हामीले आफ्नो शरीरको इम्युनिटी पाबर बढाएर कोराना भाइरसलाई परारस्त गर्न सक्छौँ।

(डा. मिश्र होमियोप्याथिक चिकित्सक हुन्।)

Mishradr.lk@gmail.com

भदौ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्