सालहको ह्याट्रिकमा लीड्समाथि संघर्षपूर्ण जितसहित लिभरपुलले सुरु गर्‍यो नयाँ सिजन

च्याम्पियन लिभरपुलले संघर्षपूर्ण जितसहित इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु गरेको छ।

लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा शनिबार राति लिभरपुलले बढुवा भएर आएको लीड्स युनाइटेडलाई ४–३ ले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सालहले ह्याट्रिक गरे भने भर्जिल भान डीजेकले एक गोल गरे । लीड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र मातेउस्ज क्लिचले एक–एक गोल गरे ।

लिभरपुलका सालहले चौथो र ८८ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । उनले ३८ औँ मिनेटमा पनि गोल गरे । सालह सन् १९८८–८९ को सिजन यता प्रिमियर लिगको सिजनको पहिलो खेलमै ह्याट्रिक गर्ने लिभरपुलको पहिलो खेलाडी हुन् ।

डीजेकले २० औँ मिनेटमा गोल गरेका हुन् ।

लीड्सका लागि १२ औँ मिनेटमा ह्यारिसन, ३० औँ मिनेटमा बामफोर्ड र क्लिचले ६६ औँ मिनेटमा गोल गरेका हुन् । १६ वर्षपछि प्रिमियर लिगमा फर्किएको लीड्सले च्याम्पियन लिभरपुललाई कडा टक्कर दिए पनि जित निकालन सकेन ।

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्