फाइल तस्बिर

नेपालगञ्ज-बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ।

बैजनाथ गाउँपालिकाको वडा नं. १ स्थित रेष्टुरेन्टबाट प्रहरीले आइतबार नंग्रा, दातसहितको रेडपाण्डाको छाला बरामद गरेको हो । रेडपाण्डाको छालासहित देवबहादुर बाठा, गणेश विक, जयबहादुर विक र कृष्ण वली प्रहरी फन्दामा परेका छन् ।

विशेष सूचनाका आधारमा रेष्टुरेन्टमा पुगेको प्रहरीले उनीहरु बसेको कोठालाई जाँच गर्दा खाटमुनीबाट रेडपाण्डाको छाला बरामद भएकोे बाँके प्रहरीले जनाएको छ ।

जाजरकोटका लोकश सिंहबाट एक लाख रुपैयामा खरिद गरेको भनिएको छाला सुर्खेतबाट ४० लाख रुपैयामा बिक्री गर्ने भन्दै बाँके ल्याइएको थियो।

दुर्लभ बन्यजन्तुको कारोबारमा दश लाखसम्म जरिवाना र ५ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

भदौ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्