शानदार पुनरागमन गरी डोमिनिक थिएम बने युएस ओपन च्याम्पियन

अस्ट्रियाका डोमिनिक थिएम युएस ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन् । २७ वर्षे थिएमले खेल जीवनमा पहिलो ग्राण्ड सलाम उपाधि जितेका हुन् ।

नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा सुरुका दुई सेटमा पछि परेर पनि शानदार पुनरागमन गरी उपाधि जितेका हुन् ।

उनले जर्मन खेलाडी एलेक्जान्डर स्वेरेभलाई पराजित गरेर उपाधि जितेका हुन् । २३ वर्षका स्वेरेभलाई थिएमले २–६, ४–६, ६–४, ६–३ र ७–६ (८–६) को सेटमा पराजित गरेका हुन् ।

सुरुका दुई सेटमा पछि परेर पनि ग्राण्ड सलाम उपाधि जित्ने थिएम सन् २००४ यताका पहिलो खेलाडी हुन्। त्यो बेला अर्जेन्टिनाका गास्तोन गाउडिओले सुरुका दुई सेटमा पछि परेर पनि अन्ततः फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

भदौ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्