महामारीकाबीच पर्साका किसानहरुलाई भदैया धान भित्र्याउन चटारो

वीरगञ्ज – कोरोना कहरको चपेटाले थलिएको भए पनि पर्सामा अहिले किसानहरु भदैया धान भित्र्याउनमा व्यस्त भएका छन्।

खेतमा लगाएको भदैया धान पाकिसकेकाले अहिले किसानहरु भदैया धान भित्र्याउनमा लागेका हुन्।

अहिले किसानहरु पाकिसकेको भदैया धान काटने दाई गर्ने तर्फ केन्द्रित भएका छन् ।

बिहानदेखि बेलुकासम्म किसानहरु आफैले तथा नसक्नेले कामदार राखेर धमाधम धान काटी दाई गराउनेमा व्यस्त देखिएका छन् ।

कोरोना महामारीकाबीचमा पनि जिल्लाका किसानहरु अहिले साबधानी अपनाउँदै भदैया धान भित्र्याउनमा लागेका हुन् ।

गत वर्ष भन्दा यस वर्ष भदैया धान राम्रो फलेकाले किसानहरु हर्षित भएका छन्।

गएको वर्ष भन्दा यस वर्ष भदैया धान राम्रो भएको किसानहरुको भनाइ छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का किसान शिवपुजन साहले यस बर्ष भदैया धान राम्रो भएकाले प्रतिकठ्ठा दुई क्विन्टल धान उत्पादन भएको बताए ।

उनले आफू यस पालि साढे तीन बिगाहामा भदैया धान लगाएको तथा उत्पादन निकै राम्रो भएकोले खुशी लागेको जानकारी दिए ।

‘मैलै मात्रै साढे तीन बिगाहामा भदैया धान लगाएको थिए,बितेको वर्ष भन्दा यस वर्ष भदैया धान धेरै राम्रो फलेको छ,,साहले भने, ‘प्रति कठ्ठामा दुई क्विन्टल धान फलेको थियो ।’

उनले आफूले गएको वर्ष लगाएको भदैया धान प्रतिकठ्ठा मुश्किलले डेढ क्विन्टल उत्पादन भएकोमा यस वर्ष भने दुई क्विन्टल धान एक कठ्ठामा मज्जाले झरेको जानकारी दिए।

साहले अनुसार आफनो गाउँमा मात्रै करिब ६० देखि ७० जनाले किसानहरुले गरि ६० बिगाहासम्म भदैया धान लगाएको जानकारी गराए।

भदैया धान यसपालि राम्रो भएपछि धेरै किसानहरु अहिले भदैया धान काटेर अगहनी धान लगाउनमा लागेका हुन्।

भदैया धान राम्रो फलेको र आफूले अगहनी धान समेत रोपिसकेको किसान शरिफ मियाँले बताए ।

उनले सरकारले समयमै मल खाद उपल्बध गराएको खण्डमा उत्पादन बढ्ने भएकाले किसानहरुलाई समयमै मलखाद उपल्बध गराउनुपर्ने.माग गरे ।

पर्सा जिल्ला भरिमा यस वर्ष कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

जस मध्ये भदैया धान मात्रै ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा किसानहरुले लगाएको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले जानकारी दिए ।

भदौ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्