नेपालगञ्ज-बाँकेमा सोमबार २९ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भेरी अस्पताल, नेपालगञ्जमा २७ र बागेश्वरी ल्याबमा २ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार, सोमबार कोरोना देखिनेमा चिकित्सक, ल्याबकर्मी, यसअघि कोरोना देखिएका व्यक्तिका परिवार रहेका छन् ।

२९ जनामा खजुरा सात जना, कोहलपुरका सात जना र अरु नेपालगञ्जका छन्।योसँगै बाँकेमा एक हजार ४ सय ६९ जना संक्रमित पुगेका छे ।

यसैबीच, सोमबार ४० जना डिस्चार्ज भएका छन् । जिल्लामा डिस्चार्ज हुनेको संख्या एक हजार ३६ पुगेको छ।

संक्रमित थपिने र घर फर्किनेको संख्या उस्ताउस्तै देखिन थालेको छ। एकैलटमा विरामी भएकाहरु एकै दिन घर पठाउने गरिएको छ।

प्रत्येक दिन थपिने र घर फर्किनेको संख्या बराबरीजस्तै देखिने गरेको छ।

भदौ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्