मल नल्याउने शैलुङ र होनी कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौँ – सम्झौताअनुसा मल नल्याउने दुईवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी धरौटी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।

ठेक्काअनुसार मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनि मल्टिपलको जमानत रकम जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने भदौ २१ गतेको निर्णय बुधबारसम्म कार्यान्वन नगर्न अदालतले आदेश दिएको हो।

दुवै कम्पनीले २५/२५ हजार मेट्रिक टन युरिया असारभित्र ल्याउने ठेक्का पाएका थिए।

रमेशप्रसाद राजभण्डारीको इजलासले निर्णय बुधबारसम्म कार्यान्वन नगरी अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको हो।

कृषि सामग्री कम्पनीले गरेको निर्णय बदर गर्न माग गदै शैलुङ इन्टरप्राइजेजका तर्फबाट निकेश अधिकारी र होनिको मल्टिपलका तर्फबाट हुमनाथ कोइरालाले आइतबार छुट्टा छुट्टै पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो।

कम्पनीले २१ गतेको निर्णयअनुसार कालोसूचीमा राख्न भोलिपल्ट नै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको छ।
लिमिटेडले उनीहरुले धरौटी स्वरुप राखेको ९ करोड समेत जफत गर्ने निर्णय लिएको छ।

कम्पनीले सम्झौताअनुसार नल्याएपछि हाहाकार मच्चिएको छ।

शैलुङ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् भने होनीका सञ्चालका हुमनाथ कोइराला कांग्रेस निकट ठेकेदार हुन्।

भदौ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्