प्रभावशाली जितबाट चेल्सीको नयाँ सिजन सुरु

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन प्रभावशाली जितका साथ गरेको छ। लिग अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको टिम चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खाएको हो । २३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

५४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको गोलबाट ब्राइटनले खेलमा बराबरी गर्न सफल भयो । तर त्यसको दुई मिनेटपछि नै रीस जेम्सले गोल गरी चेल्सीलाई पुनः अग्रता दिलाए ।

कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको सहयोगमा गोल गरी चेल्सीलाई ३–१ को जित दिलाएका हुन्।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्