मेस्सीको आय रोनाल्डोको भन्दा धेरै

बार्सिलोनाका लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको यो वर्षको सूचिमा शीर्ष स्थानमा आएका छन्। फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी फुटबलहरुमा सबैभन्दा माथि परेका हुन् ।

उनले युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । फोर्ब्सका अनुसार मेस्सीको अनुमानित वार्षिक आय १२६ मिलियन अमेरिकी डलर रहेको छ । रोनाल्डोको आय ११७ मिलियन डलर रहेको उल्लेख छ ।

पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार सर्वाधिक आय गर्ने फुटबलको सूचिमा तेस्रो स्थानमा छन् । उनको वार्षिक आय ९६ मिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

चौथो स्थानमा रहेका पिएसजीका केलियन एमबाप्पेको ४२ मिलियन, पाँचौँ स्थानका लिभरपुलका मोहम्मद सालहको ३७ मिलियन, छैटौँ स्थानका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको ३४ मिलियन र सातौँ स्थानका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको ३३ मिलियन आय छ ।

यस्तै आठौँ स्थानका रियल मड्रिडका ग्यारेथ बेलको २९ मिलियन, नवौँ स्थानका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीको २८ मिलियन र दशौँ स्थानका म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको २७ मिलियन डलर वार्षिक आय रहेको फोर्ब्सले जनाएको छ ।

सन् २०१९ को सूचिमा पनि शीर्ष तीनमा अहिलेको जस्तै मेस्सी, रोनाल्डो र नेइमार थिए । तर यो वर्ष एमबाप्पे तीन स्थानमाथि उक्लिएर चौथो स्थानमा पुगेका हुन् ।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्