विश्वमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या २ करोड १२ लाख

काठमाडौ– विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या २ करोड १२ लाख ९२ हजार ४०३ पुगेको छ। यस्तै कोरोना भाइरसबाट विश्वभर २ करोड ९४ लाख ६६ हजार ६३३ संक्रमित भएका छन भने ९ लाख ३३ हजार १५० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६७ लाख ४९ हजार २८९ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ९९ हजार पुगेका छन्। अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ४९ लाख ३० हजार २३६ जना संक्रमित भएकोमा ८० हजार ८०८ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४३ लाख ४९ हजार ५४४ जनामा संक्रमण भएकोमा १ लाख ३२ हजार ११७ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा १० लाख ७३ हजार ८४९ जना संक्रमित भएका छन् भने १८ हजार ७८५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ५ लाख ९३ हजार ७३० संक्रमित भएकोमा २९ हजार ८४८ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख ७१ हजार १२५ संक्रमित भएकोमा ४१ हजार ६३७ जनाको मृत्यु भइसकेको छ।

पेरुमा संक्रमितको संख्या ७ लाख ३३ हजार ८६० छ भने ३० हजार ८१२ जनाको मृत्यु भइसकेको छ।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्