मंगलबार थपिए १४५९ जना कोरोना संक्रमित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १०६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। ७ हजार २ सय ५० जना क्वारेन्टिनमा छन्।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्