जया बच्चनले संसदमा फिल्म इन्ड्रस्टीको कुरा गर्दा कंगनाले दिइन् खरो जवाफ

एजेन्सी- बलिउडमा ड्रग्स विवादमा समाजवादी पार्टीका सांसद जया बच्चन, भाजपाका सांसद रवि किशन र अभिनेत्री कंगना रनाैटवीच आरोप प्रत्यारोप सुरू भएको छ।

मनसुन सत्रको दोस्रो दिन मंगलबार राज्यसभामा जया बच्चनले कसैको नाम नलिइ भनिन्, ‘फिल्म इन्डस्ट्रीमा नाम कमाउनेहरू उसैलाई खराब भनिरहेका छन्। मलाई आशा छ कि सरकारले यस्ता मानिसहरूलाई यस्तो प्रकारको भाषा प्रयोग नगर्न भनोस्।’

यस्तै जयाले केही मानिसको कारण पुरै फिल्म इन्डस्ट्रीको छविल धुमिल हुन नसक्ने बताएकी छिन्। उनले भनेकी छिन्, ‘केही मानिसका कारण पुरै फिल्म इन्डस्ट्री धुमिल हुन सक्दैन। मलाइ लाज लागिरहेको छ कि हिजो लोकसभामा हाम्रै एक सदस्य जो फिल्म उद्योगबाट प्रतिनिधित्व गर्नुहुन्छ, उनैले यसको विरूद्धमा बोल्नुभयो। यो लज्जास्पद कुरा हो। तपाईँ जुन थालमा खानुहुन्छ,त्यसैमा कसरी दुलो पार्नुहुन्छ? यो हुनै सक्दैन।’

जयाको उक्त भाषणप्रति नायिका कंगना रनौटले ट्विटरमा प्रतिकिया दिँदै भनेकी छिन्, ‘जयाजी, के मेरो ठाउँमा तपाइको छोरी श्वेता पिटिएको भए, ड्रग्स दिइएको भए वा दुर्व्यवहारमा परेकी भए यो कुरा भन्न सक्नुहुन्थ्यो? के यदि अभिषेकले लगातार बदमासी र दुर्व्यवहार भोगेका हुन्थे र एक दिन झुन्डिएको अवस्थामा भेटिएका हुन्थे भने यही कुरा भन्न सक्नुहुन्थ्यो? हामीप्रति पनि करुणा देखाउनुहोस्।

यसका साथै कंगना रनाैटले अर्को पनि ट्विट गर्दै भनेकी छिन्, ‘एकजना प्रसिद्ध नृत्यनिर्देशकले भनेका थिए– रेप भयो त के भयो, खाना त पाइ नि। तपाईँले भन्न खोजेको यही हो? प्रोडक्सन हाउसहरुमा उपयुक्त एचआर हुँदैन जहाँ महिलाहरुले उजुरी गर्न सकून्। हरेक दिन आफूलाई खतरामा पार्नेहरुका लागि कुनै सुरक्षा वा बिमा छैन, आठ घन्टाको ड्युटी छैन।’

यस्तै सांसद रवि किशनले भनेका छन्, ‘ मलाइ आशा थियो कि जयाजीले मेरो समर्थन गर्नेछिन्। फिल्ममा सबै नशा लिँदैनन्। तर जसले लिन्छ, उनी विश्वकै सबैभन्दा ठूलो फिल्मलाई खत्तम गर्ने योजनाको हिस्सा हो। जब म र जयाजी फिल्म उद्योगमा थियाैँ, त्यतिबेला यस्तो हालत थिएन। तर अहिले इन्डस्ट्रीलाइ बचाउनु पर्ने जरूरी छ।’

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्