धरानमा कोरोना संक्रमित ७० वर्षीय एक पुरुषको निधन

मोरङ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना ७० वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

सुनसरीको धरान–१७ स्थायी ठेगाना भएका उनको मंगबार दिउँसो २ बजेर २० मिनेटमा ज्यान गएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार ती पुरुषमा ज्वरो, खोकी र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। उनमा उच्च रक्तचाप र मुटुमा समेत समस्या थियो।

उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भदाै २७ गते भर्ना गरिएकोमा भदौ २८ गते कोरोना पुष्टि भएको थियो। धरानमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै प्रदेश १ मा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा १३ जना महिला र ३७ जना पुरुष रहेका छन्।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्