बाँकेमा थपिए ४३ जना कोरोना संक्रमित

नेपालगञ्ज – मंगलबार बाँकेमा ४३ जना कोरोना संक्रमित थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्ज र बागेश्वरी ल्याबमा गरेर ४३ जनामा कोरोना पुष्टि भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए। नयाँ संक्रमित ४३ जनामा नेपालगञ्जको वडा नं ९ र १० का धेरै रहेका छन्। ती मध्ये केही प्रहरी छन्।

बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय १२ पुगेको छ।

यसैबीच मंगलबार ४२ जना डिस्चार्ज भएका छन्। भदौ १६ गते कोरोना पोजिटिभ देखिएका ४२ जना डिस्चार्ज भएका हुन्। अहिलेसम्म जिल्लामा एक हजार ७८ जना डिस्चार्ज भएका छन्।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्