लिमीमा पाँच महिनापछि इन्टरनेट बन्यो

सिमकोट-पाँच महिनापछि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका इन्टरनेर सेवा सुचारु भएको छ।

इन्टर नेवा प्रदायक निकाय वल्र्डलिंक कम्युनिकेशन प्रालिका प्राबिधिक लिमी पुगेर इन्टरनेटको डिभाईसलाई मर्मत गरेपछि लिमीमा नेट सेवा सुचारु भएको हो।

नेपाल टेलिकमको भिस्याड टेलिफोन सेवाले राम्रोसंग काम नगरेको अबस्थामा इनटरनेट सेवा सुचारु भएपनि लिमीबासी सञ्चार सम्पर्कमा आएका छन्।

पहिले हिमपातले बिग्रेको डिभाईस प्राबिधिक जान नसकेर मर्मत गर्न सकिएको थिएन।पछि त्योसँगै कोरोना कहरल एक गाउँबाट अर्को गाउँ जान सक्ने अबस्था नभएको कारण मर्मत गर्न नसकिएको प्राबिधिक रामजन रावतले बताए।

अहिले स्थिती केही सहज हुदा लिमी पुगेर मर्मत गर्ने कार्य भएको उनले बताए।रावतले इन्टरनेट सेवा बनेपछि लिमी सञ्चार सम्पर्कमा आएको बताए।

लिमीको हल्जी गाउँमा स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालयमा गरि तीन ठाउँमा वर्ल्ड लिंकले इन्टरनेट सेवा निशुल्क रुपमा जडान गरेको थियो। इन्टरनेट जडानसंगै लिमीबासी सामाजिक सञ्जालसंग पनि जोडिएका छन्।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्