वर्ल्डलिंकद्वारा देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार

काठमाडाैँ- नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ।

स्थापनाको २५औं वर्षगाँठ मनाइरहँदा  वर्ल्डलिंकले देशैभर वाईफाई विस्तार गरेको  कम्पनीका अध्यक्ष डिलिप कुमार अग्रवालले जानकारी दिएको हो।  कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको उनले बताए।

स्थापनाको २५औं वर्षगाँठ मनाइरहेको वर्ल्डलिंकले देशैभर वाईफाई विस्तार गरिरहेको छ। कम्पनीका अनुसार हाल दैनिक एक लाख ५१ हजारले पब्लिक वाईफाई प्रयोग गरिरहेका छन्।

कम्पनीले डेढ वर्षअघि १० हजार स्थानमा पब्लिक वाईफाई सेवा दिने योजना ल्याएको थियो। फिक्स्ड लाइन इन्टरनेट सेवा नलिएका ग्राहकलाई कम्पनीको सेवा अनुभुत गराउन यो योजना अगाडि सारिएको हो।

पब्लिक अर्थात सार्वजनिक वाईफाईबाट नाफा आर्जन गर्न सकिन्छ वा सकिँदैन भन्ने विषय विश्वमै एउटा बहसको रुपमा रहेको छ। नेपालमा यस्ता धेरै जनता छन्, जोसँग अहिले पनि तीब्र गतिको फिक्स्ड ब्रोडब्याण्ड खरीद गरेर प्रयोग गर्ने क्षमता छैन।

फ्री वाईफाईलाई कम्पनीले आफ्नो ब्राण्ड प्रवर्द्धनको रुपमा समेत उपयोग गरिरहेको छ। मन्दिर, अस्पताल, बसपार्क, क्याफे तथा रेष्टुरेन्ट लगायतका धेरै संख्यामा मानिसहरु जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ ।

यसका साथै  क्याफे तथा रेष्टुरेन्टबाट जडान वापतको न्यूनतम शूल्क लिने गरिएको भए पनि प्रयोगको लागि भने नि:शुल्क नै चलाउन पाइन्छ।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्