करेन्ट लागेर दाङमा तीन बालबालिकाकाे मृत्यु

दाङ- करेन्ट लागेर दाङमा तीनजना बालबालिकाको ज्यान गएको छ।

घोराही उपमहानगरपालिका १० काे उत्तरअम्राईमा पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट प्रवाह हुँदा  तीनजना बालबालिकाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिए।

तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ।

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्