वर्ल्डलिंकले मलाइ चिनाउन महत्वपूर्ण भूमिका खेल्यो-महावीर पुन

काठमाडाै-राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं सामाजिक अभियन्ता महावीर पुनले आफूलाई चिनाउन इन्टरनेट सेवा प्रदायक वर्ल्डलिकंको भूमिका धेरै रहेको बताएका छन्।

वर्ल्डलिंकको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल प्रेस मिटमा बोल्दै पुनले भने, ‘वर्ल्डलिंकसँगको सम्बन्ध १6 वर्ष पुग्यो। त्यसको लागि मैले वर्ल्ड लिङ्कबाट निकै धेरै सहयोग पाएको छु।निःशुल्क रुपमा ब्याण्डविथ दिएर मलाई सबैमाझ चिनाउन सघाएकोमा वर्ल्डलिङ्कप्रति विशेष आभारी छु।’

म्याग्दीबाट सुरु भएको वायरलेस सेवा १६ जिल्लामा पुर्‍याउन वर्ल्डलिङ्कले निःशुल्क ब्याण्डविथ उपलब्ध गराएको थियो।

वायरलेस इन्टरनेटको नेटवर्किङको कामबाट संसारले चिनेको स्मरण गर्दै पुनले त्यसलाई आफूले कहिल्यै पनि व्यवसायिक रुपमा नलिएको बताए ।

वर्ल्डलिङ्कबाट निस्शुल्क रुपमा ब्याण्डविथ लिएर ग्रामीण क्षेत्रमा इन्टरनेट दिँदै आएको जनाउँदै उनले अन्य सेवाप्रदायकको इन्टरनेट सेवा विस्तार भइसकेका स्थानमा भने आफूले वायरलेस इन्टरनेट बन्द गराएको बताए ।

उनले अगाडि भने, ‘व्यवसायिक इन्टरनेट नपुगेका स्थानमा अहिले पनि मैले सुरुगरेको वायरलेस इन्टरनेट चलिरहेको
छ।अहिले जति पनि गाउँहरुमा वायरलेस इन्टरनेट चलिरहेकोछ, उनीहरु सबैकोतर्फबाट म वर्ल्डलिङ्कप्रति आभार व्यक्त गर्न चाहन्छु।’

उनले अझै पनि व्यवसायिक इन्टरनेट नपुगेको ठाउँमा वायरलेसबाट भए पनि वर्ल्डलिङ्कले ब्याण्डविथ प्रदान गरेको भन्दै धन्यवाद दिए। उनले भने, ‘दूरदराजमा पनि वर्ल्ड लिंकले नैब साथ दिएको छ।’

भदौ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्