कंगनाले मागिन् भवन भत्काएबापत २ करोडको क्षतिपूर्ति

बलिउडकी अभिनेत्री कंगना रनौतले मुम्बई उच्च अदालतमा मुम्बई महानगरपालिकाले भवन भत्काएबापत २ करोडको क्षतिपूर्तिको माग गरी मुद्धा दायर गरेकी छन्।

सेप्टेम्बर ९ मा कंगनाकाे बान्द्रास्थित कार्यालय भवनको केही हिस्सा महानगरपालिकाको मापदण्ड विपरित बनेको भनेर भत्काइएको थियो।

उनको भवनको ४० प्रतिशत हिस्सा जसमा भौतिक सम्पतिहरुमा महानगरपालिकाको २४ घण्टे सूचना प्रशारणपछि डोजर चलाइएको थियो। भवन भत्काइदै गर्दा कंगनाले मुम्बईको उच्च अदालतमा महानगरपालिकाको क्रियाकलाप रोक्नको लागि निवेदन दिएकी थिइन्।

मंगलबार १५ पृष्ठकाे निवेदन अदालतमा बुझाएकी छन्, जसमा २ करोड क्षतिपूर्तिको माग गरिएको छ।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्