ग्यारेथ बेललाई पुनः भित्र्याउने प्रयासमा टोटनह्याम

इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम आफ्ना पुराना खेलाडी ग्यारेथ बेललाई पुनः क्लब भित्र्याउने प्रयासमा लागेको छ ।

सन् २०१३ मा त्यो बेलाको कीर्तिमानी मूल्यमा स्पेनिस क्लब रियल मड्रिड गएका बेललाई ल्याउने सम्बन्धमा टोटनह्यामले वार्ता सुरु गरेको हो ।

३१ वर्षका बेलले सन् २०१३ रियल मड्रिडका लागि १०० भन्दा धेरै गोल गरेका छन् र चारपटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

बेलका एजेन्ट जोनथन बार्नेटले बिबिसीलाई भनेका छन्, ‘बेल अझै पनि टोटनह्यामलाई माया गर्छन् । उनी हुन चाहेको क्लब नै टोटनह्याम हो ।’ प्रशिक्षक जोसे मोरिन्हो पनि बेललाई ल्याउन इच्छुक छन् ।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्