आर्सनलका कप्तानले गरे क्लबसँग तीन वर्षको नयाँ सम्झौता

इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

३१ वर्षका स्ट्राइकर एमरिक सन् २०१८ को जनवरीमा आर्सनलमा अनुबन्धित भएको थिए । उनले सन् २०१८–१९ को सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

आफ्ना लागि आर्सनल विशेष क्लब रहेको र नयाँ सम्झौताको विषय कहिल्यै पनि दुविधाको विषय रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मलाई आर्सनलमा विश्वास छ । हामीले एक भएर ठूलो उपलब्धी हाँसिल गर्ने छौँ । हामीसँग उत्साह छ र आर्सनलका लागि राम्रो चिजहरु आउन बाँकी छ ।’

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्