वैशाखयता बाढी र पहिरोमा नेपालभर ३०९ जनाको मृत्यु, १०२ जना बेपत्ता

काठमाडौँ – वैशाखयता देशभर बाढी र पहिरोमा परि ३ सय ९ जनाको मृत्यु भएको छ भने एक सय २ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा चट्याङका कारण ६२ जनाको मृत्यु भएको छ।
वैशाख १ गतेयता बाढीका कारण ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन्। पहिरोमा परि २ सय ७० जनाको मृत्यु भएको छ। यसैगरि ६६ जना बेपत्ता छन् भने २ सय ६ जना घाइते छन्। चट्याङ लागेर घाइते हुनेको संख्या २ सय १ रहेको छ।
प्राधिकरणका अनुसार जेठ ३० गते मनसुन सुरु भएयता बाढी, पहिरो र चट्याङका कारण देशभर तीन सय ३६ जनाको मृत्यु, एक सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते छन्।