‘नयाँ मध्यपूर्व’ को सुरुवात भएको ट्रम्पको दाबी

इजरायले युएई तथा बहराइनसँग गरेको सम्झौतापछि ‘नयाँ मध्यपूर्व’ को सुरुवात भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।
दुई खाडी देशले इजरायलसँगको सम्बन्ध पूर्ण रुपमा सामान्य बनाउने सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले यस्तो बताएका हुन् ।
तीन देशले सम्झौतालाई ऐतिहासिक भनेका छन् । ट्रम्पले पनि सम्झौतालाई ऐतिहासिक उपलब्धी भनेका छन् ।
ट्रम्प प्रशासनका लागि खाडी मुलुक र इजरायलबिच यो सम्झौता कूटनीतिक सफलताका रुपमा लिइएको छ ।
सन् १९४८ मा इजरायल स्थापना भएपछि त्यसलाई मान्यता प्रदान गर्ने युएई र बहराइन तेस्रो र चौथो खाडी देश हुन् ।
ट्रम्पले अरु देशलाई पनि सम्झौताको मार्गमा आउन सुझाव दिएका छन् । तर प्यालेस्टाइनले भने आफूहरुको युद्ध समाधान नभएसम्म इजरायसँगको सम्झौताको पक्षमा नरहेको बताएको छ ।