सर्वोच्च अदालतका पहिलाे प्रधानन्यायाधीश सिंहको निधन

काठमाडौँ – सर्वोच्च अदालतका पहिलाे प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ।

सिंहको १०४ वर्षको उमेर मंगलबार बेलुका बत्तिसपुतलीस्थित आफ्नै निवासमा निधन भएको नेपाल बार एशोशियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। उनी निमोनियाका बिरामी थिए।

२०१३ साल जेठ ८ गते सर्वोच्च अदालतको स्थापना भएपछि उनी त्यहाँकाे पहिलाे प्रधानन्यायाधीशका रुपमा तीन वर्ष न्यायपालिकाको नेतृत्व गरेका थिए। उनी भन्दा अघि प्रधान न्यायालय हुँदा हरिप्रसाद प्रधान साे अदालतका प्रमुख न्यायाधीश थिए । सर्वाेच्च अदालतमा उनी सिंहपछि प्रधानन्यायाधीशको जिम्मेवारीमा आएका थिए ।

२०१५ सालमा सर्वोच्च अदालतका महत्वूर्ण फैसला समेटिने नेपाल कानुन पत्रिकाको प्रकाशन सिंहले सुरु गरेका थिए।

सिंह २००३ सालमा झापामा गोश्वारा कार्यालयको हाकिमका रुपमा सरकारी सेवा प्रवेश गरेका थिए। २०१२ सालमा शाही सल्लाहकारमा भएका सिंह लगत्तै प्रधानन्यायाधीश भएका हुन्।

२०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष, कानुन, वन मन्त्री, २०१८ सालमा राजा महेन्द्रले नारायणहिटीमा स्थापना गरेको जाहेरी विभागको प्रमुख भएका थिए।

त्यस्तै उनलाई २०३२ सालमा संविधान सुधार आयोगको अध्यक्ष, २०३४ सालदेखि झण्डै एक दशक तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त भएका सिंह त्यसपछि राजसभा स्थायी समितिको सभापतिसमेत भएका थिए।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्