डोटीमा कार्यरत नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी – जिल्ला अस्पताल डोटीको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा नेपाली सेनाका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको ।

डोटी अस्पतालको प्रयोगशालामा १ सय ५ जनाको नमुना परीक्षण गरिएकोमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको ल्याव इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए । संक्रमण पुष्टि भएका ४० जना सबै नेपाली सेना हुन् ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार डोटीको राजपुर सुल्लेक स्थित ब्यारेकमा कार्यरत ४० जना नेपाली सेनामा कोरोना पुष्टि भएको हो ।

उनका अनुसार भदौ २७ गते १ सय ४३ जना नेपाली सेनाको स्वाव लगिएकोमा मंगलबार ९० जनाको परीक्षण हुँदा ६ जनामा संक्रमण पुष्टि भएको थियो भने आज ५३ जना नेपाली सेनाको स्वाव परीक्षण हुँदा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

यस अघि भाद्र १६ गते सोही ब्यारेकमा कार्यरत २१ जना नेपाली सेनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । आज थपिएका ४० सहित डोटीको राजपुरमा कार्यरत ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक हजार २९ पुगेको र ति मध्य जिल्लामा १ सय १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए ।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्