कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ

नेपालगञ्ज-लामो समयदेखि भागेका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

२३ वर्षअघि कर्तब्य ज्यान गरेर भागेका बाँके रनियापुरका आजात खाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानीय नुर सलाम खाँलाई गोली हानेर हत्या गरेर खाँ भागेका थिए।

बाँके जिल्ला अदालतले २०७२ असोज १७ गते खाँलाई २० वर्षको कैद सजाय सुनाएको थियो।

इलाका प्रहरी कार्यालय, धनौलीबाट गएको प्रहरीले टोलीले खाँलाई घर आसपासबाटै पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरीले केही महिनादेखि फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै थालेको छ।

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू