कुलमानको पक्षमा युवाहरुले निकाले राँके जुलुस

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई कायम राख्नुपर्ने माग गर्दै युवाहरुले बुधबार साँझ काठमाडौंमा राँके जुलुस निकालेका छन्। सिंहदरबारबाहिर अनामनगरको सडकमाम हन्ड्रेड ग्रुपका युवाहरुले जुलुस निकालेका हुन्।

कुलमानको पहिलो कार्यकाल आइतबार सकिएको थियो। सरकारले कुलमानलाई दोहोर्‍याउने संकेत नदेखिएपछि दबाब दिन दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन्। मन्त्रिस्तरीय निर्णयले मंगलबार प्राधिकरणकै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छैन।

प्राधिकरणको सीईओमा कुलमानलाई निरन्तरता दिन कानुनी अप्ठेरो रहेको भन्दै मन्त्रि परिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने कुरा राखेका थिए।

यद्यपी प्राधिकरण सीईओका रुपमा कुलमानले सरकारले गरेका कामको जस पनि व्यक्तिगतरुपमा लिएको भन्दै उनको विकल्प सरकारले खोजेको बुझिएको छ।

तस्बिरहरू-बर्षा शाह/देश सञ्चार

भदौ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू