चल्न थाले मध्यम र लामो दूरीका बस

काठमाडौँ – लामो समय नचली थन्किएका लामो तथा मध्यम दूरीमा चल्ने गाडीहरु बिहीबारदेखि फेरि गुड्न थालेका छन् ।
यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले बिहीबारदेखि बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको हो ।
लक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।
सरकारले अशोज १ गतेदेखि यातायात सेवा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेपछि सेवा सुरु भएको हो ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।