नोभाक जोकोविच र राफायल नाडालले जितबाट सुरु गरे इटालियन ओपन

युएस ओपन टेनिसमा भुलबस खेल पदाधिकारीलाई बलले हिर्काएपछि अयोग्य घोषित भएका नोभाक जोकोविच मैदान फर्किएका छन् ।

सो घटनापछिको पहिलो खेलमा जित निकाल्दै ३३ वर्षे जोकोविच इटालियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति रोममा भएको खेलमा जोकाविचेले वाल्डकार्ड मार्फत प्रतियोगितामा सामेल भएका साल्भातोर कारुसोलाई पराजित गरेका हुन् ।

जोकोविचले कारुसोमाथि ६–३ र ६–२ को सेटमा जित निकालेका हुन् । विश्व नम्बर एक जोकोविचले फ्रेन्च ओपन टेनिसको तयारी राम्रोसँग गरेको देखिएको छ ।

यस्तै दोस्रो बरियताका राफायल नाडाल पनि प्रतिस्पर्धामा फर्किएका छन् । स्पेनिस नाडाल कोरोना भाइरसको महामारीका कारण युएस ओपन टेनिसमा सहभागी भएका थिएनन् ।

तर उनी इटालियन ओपनमार्फत ६ महिनापछि मैदान फर्किएका छन् ।

रोममा भएको खेलमा नाडालले युएस ओपन टेनिसका सेमिफाइनलिस्ट स्पेनिस पाब्लो कारेनो बुस्तालाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका हुन् । नाडालले बुस्तालाई ६–१ र ६–१ को सेटमा पराजित गरेका हुन् ।

असोज १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्