हामी विकृत हुने कि विकसित?

नेपालमा सञ्चार माध्यमको संस्थागत इतिहास हेर्दा, राणा प्रधानमन्त्री जंगबहादुर राणले बिक्रम सम्बत १९०८ ( १८५१ ) मा गिद्धे प्रेसको स्थापनाबाट सुरु भएको देखिन्छ। त्यस पश्चात बिक्रम सम्बत १९५८ ( १९०१ ) मा राज्यको स्वामित्वमा गोरखापत्र सुरुवात भएपनि, व्यावहारिक इतिहास भने बिक्रम सम्बत २००७ देखि यथार्थमा राणा शाशनको अवसानसँगै आरम्भ भयो। यो सँगसँगै बिक्रम सम्बत २००८मा रेडियो नेपाल, बिक्रम सम्बत २०४१ सालमा नेपाल टेलिभिजन हुँदै अहिले हामी अनलाइन सञ्चार माध्यमको युगमा आइपुगेका छौँ।
नेपाल प्रेस काउन्सिलको बार्षिक प्रतिवेदन२०७६  अनुसार हालको तथ्यांक यस प्रकारका छन्:

अझ उहिलेपहिले सञ्चारको माध्यम वा सूचना प्रसारणकटुवाल’ मार्फत हुन्थ्यो। कुनै खबर, निर्णय, सूचना इत्यादी उनीहरु मार्फत जानकारी गरिन्थ्यो। अहिले पनि प्रचलन त्यही व्याप्त , तर पहिले कटुवालहरु हुन्थे भने अहिले चाहिँ कट्टुवालहरु धेरै हुँदैछन्।  कट्टुवाल भन्नाले ( ) व्यवसायिक, ( ) उत्तरदायी , ( ) संबेदनशील, ( ) व्यवस्थित अराजक भन्न खोजिएको हो। अझै, जनजिब्रोको भाषामा भन्दा युटुबे, भाइरले हरुलाइ संकेत गरेको हो। 

सुन्दा पनि कस्तो नमिठो सुनिन्छ,अहिले टोलै पिच्छे गुण्डा कम यस्ता ( युट्युबे, भाइरल ) प्रवृति धेरै  हुँदैछन् द्वेष फैलाउदा, फर्किएर बिष नै आउने हो। केहिकेहि गुणपात्र पनि छन् तर अधिकांश चाहिं रामरमितामा सिमित छन्।   

सञ्चार माध्यमलाइ देशको चौथो अंग भनिन्छ। व्यवस्थापिकाले नीति निर्माण गर्छ , कार्यपालिकाले कार्यान्वन, न्यायलयले न्याय अनि सञ्चार जगतले सूचना सम्प्रेषण गर्छ।  यो सर्वविदित नै छ। यी सबैका कर्म फरकफरक भए पनि चरित्र चाहिं उहीनिष्पक्षहुन्छ, हुनैपर्छ। 

निस्पक्ष हुनलाई “पैसानिष्प्रभावी हुनुपर्छ अन्यथा नीति बनाउनेको मति खुस्किन्छ, काम गर्नेले हराम गर्छ, न्याय दिनेले भय अनि खबरदारी गर्नेले अचाक्ली गर्नु स्वाभाविक हुन्छ। जब सञ्चारको माध्यममा सावधानीको आवरणमा आम्दानी हेर्न थालिन्छ, कुरुपता यहीँबाट सुरु हुन्छ। अहिले भएको पनि त्यही नै हो। 

आजभन्दा दशक अगाडि राजनीति पनि यस्तै थियो। कसैले सुधारको पहलकदमी लिएनन्, आज राजनीतिको अनुहार कुरुप मात्र हैन, छियाछिया भएको छ। यस्तै रहिरहने हो भने,अबको एकडेढ दशकमा सञ्चार जगतको हालत पनि अहिलेको राजनीति जस्तै भयो भने ? यी वेतिथिले थिलथिलिएर सञ्चार गृहहरु अहिलेका राजनीतिक दल जस्ता भए भने ? पत्रकार अहिलेका नेताको जस्तो हैसियतमा पुगे भने ? समाचारहरु राजनीतिक दलका घोषणा पत्र जस्ता हुदैनन् भन्ने आधार के

अहिलेकै अवस्थामा एउटा संचारको समाचार प्रमाणित गर्न अर्को संचार हेर्नु पर्ने अवस्था छ। संचार माध्यम अध्यारोको  दियो हुनुपर्ने कतै सलाईको झिल्का  हुँदै छैन ? यो यक्ष प्रश्न आज हामी सामु तेर्सिएको छ। पाठकको अनुरोधतमसोमा ज्योतिर्गमय: ” होस् भन्ने छ। 

किन आयो यो अवस्था?

हामी धेरै अधैर्य भयौँ, दुवै जनता अनि सञ्चार। जब अधैर्यले ढाक्छ तब हामी बिषयको जानकारीका निमित्त समय दिन चाहदैनौ। हामी तत्काल्नै गरिहाल्न  चाहन्छौं सूचना सम्प्रेषित हुनुपुर्व परिपक्व हुनु अनिवार्य हुन्छ। याद गर्नुहोला तत्कालको कृतार्थ पर्याप्त हुँदैन। अधैर्यताले कार्य छिटो गर्ने हैन बरु मात्र जटिल समयको बर्बादी गर्दछ। 

यस बखत हामी स्वआचार, स्वविचारको रोषको कारागारमा बन्दी भएका छौँ। यदि आफ्ना विचार शब्दहरु प्रति सचेत भयौ भने , सायद हामीले जान्ने छौ कि प्रायजसो सबै नकारात्मक रहेछन्। 

हाम्रो दशा वा मनोदशा सबै चिज नकारात्मकताको चस्माले मात्रै हेर्ने हुँदै छ। एउटा साधारण स्थिति, जस्तै पानि परेको दिन पनि हामीअहो ! कस्तो विकट दिनभन्ने हुँदै छौ। जबकि यो विकट दिन हैन, केवल ओसिलो दिन हो। 

मूलधारकै दुई सञ्चार माध्यममा आएको समाचारको शीर्षकको दृष्टान्त दिँदै थप प्रष्ट हुने अनुमति चाहन्छु। एउटाको शीर्षक थियो,”नेपालमा भयावह बन्दै कोरोना, हरेक घण्टामा मृत्यु।  अर्कोको शीर्षक थियो,”संक्रमण केही कम, देशभर ८८४मा कोरोना, १२ को मृत्यु।  हामी कुन प्रवृत्ति वा मानसिकताको पक्षमा ? डरको कि आशाको ?

यहाँ सिक्नेसिकाउने, सुसुचित गराउने भन्दापनि जोडबल गर्ने स्वभाव हाबी भएको देखिन्छ। निष्पक्षता क्षीण हुनु  अराजकता मौलाउनु यो जटिलताको प्रधान कारण हो। 

लि क्वान युले कुनै बेला भनेका थिएप्रेसको स्वतन्त्रता भनेको यसको मालिकको उनीहरूको व्यक्तिगत वर्गीय रुचिहरू अघि बढाउने स्वतन्त्रता मात्र  हो।  बजारमा विचारहरूको रद्दी बाढी ल्याउन जनता अव्यवस्थित पार्न  प्रेस सक्षम छ। उनले कुनै प्रसङ्गमा भनेको यो भनाइलाइ हामीले गलत साबित गर्ने कि नगर्ने

प्रेरणादायक व्यक्तिगत विकासमा कलम चलाउने लुइस एल हेले भनेकी छिन् , “समाचारहरु आपतविपतका बढी हुन्छन जसले हाम्रो चेतनामा नकारात्मकताले अड्डा जमाउँछ। यस्ता समाचारले आफैलाई भयभित बनाउछ हाम्रो ध्यान केन्द्रित गर्न सञ्चारले सकारात्मक भन्दा नकारात्मक बढी  प्रचार गर्छन् , जसले गर्दा हामी जगत जीवनलाइ सकरात्मक पाटोबाट हेर्न बन्चित हुन्छौँ।के हामी सकेसम्म सकारात्मक समाचारका रिपोर्टहरुको कल्पना गर्न सक्छौँ?

हाम्रो दशा वा मनोदशा सबै चिज नकारात्मकताको चस्माले मात्रै हेर्ने हुँदै छ। एउटा साधारण स्थिति, जस्तै पानि परेको दिन पनि हामी “अहो ! कस्तो विकट दिन” भन्ने हुँदै छौ। जबकि यो विकट दिन हैन, केवल ओसिलो दिन हो।

बारम्बारको आलोचना, विचारको कमी सीमितताले हाम्रो चेतनालाई नकरात्मकताको सागरमा डुबाउछ।  बिपक्षी , आलोचक वा पत्रकारिताको धर्म सत्य बोल्नु हो , किञ्चित आलोचना गर्नु हैन।

के गर्न सकिएला ?

वर्तमान परिप्रेक्षमा हामी संक्रमण कालबाट गुज्रिरहेका छौँ। यो पुराना मान्यता त्याग्दै नवीन सोच सिक्ने विकास गर्ने उचित समय हो। यदि हामी उही पुरातन निधो, पूर्वाग्रह, ग्लानि डरमै रुमलियौँ भने नयाँ चेतनाको स्तरमा कहिलै पुग्दैनौँमुसाको दौडको संघर्ष बिना, मुनासिब आम्दानी गर्न सक्छु” भन्ने भावनाको विकास हुन अत्यन्त जरुरी छ। 

धेरैजना एकैपटक  बोल्न खोजे शालीन बहस पनि हो-हल्लामा परिणत हुन समय लाग्दैन। अहिलेको विद्यमान युट्युबे प्रवृत्ति विसंगतिको यथाशिघ्र उपचार खोजिनु पर्दछ। बरु  साना फुटकर सञ्चारलाई ठूलासँग मिलाएर एउटै संरचना बनाए कसो होला? बैंकहरु वा भगिनी संस्थाको अवधारणा अपनाउँदा अति उत्तम हुन्छ। अधिक फुटकर पसलहरु भन्दा सीमित बृहतबजार (सुपरमार्केट) हुँदा जवाफदेहिता, विश्वसनीयता,जिम्मेवारी नियत उन्नत हुनेथ्यो। सीमित सञ्चार माध्यम मात्र हुदा जवाफदेही हुन जवाफदेहीता खोज्न पनि सजिलो हुनेथ्यो। जनशक्ति बढाएर बरु प्रत्यक जिल्लामा मात्र नभएर स्थानीय तह अनि वडासम्मै सम्बाददाता राख्दा हुन्छ, कोही बेरोजगार पनि  हुदैनन्। 

पाठक बर्गमा पनि सकारात्मक चेतको बृद्धि हुनुपर्दछ। जस्तै, एउटा कुनै अहितकारी समाचार सुनियो वा देखियो भने त्यसलाई नफैलाउने तर सकारात्मक सूचना जति सक्दो ब्याप्त बनाउने। तपाइको उच्चतम उत्तमता, अरुको उच्चतम उत्तमतासँग अन्तर्भुत हुन्छ। 

यो सुन्दा अलि अब्यहबारिक लाग्न सक्छ, यद्यपि प्रत्येक संचार गृह वा माध्यमले एकजाना सम्पादक राखे कसो होला ? सम्पादक भनेको सकारात्मकता हेर्ने सम्पादक। यथासक्य नकारात्मक चिजलाई पनि सकारात्मक रुपमा प्रस्तुत गर्ने वा समाचार सामग्रीको नकारात्मक आयतन, शब्द आदि हरसम्भव कम गर्ने। सकारात्मक समाचार धेरै पटक प्रेषित, पुन : प्रेसित गर्ने। सकारात्मक अनुभव चेतले मानिसलाइ मानसिक , शाररिक अध्यात्मिक सबै तवरबाट तन्दरुस्त राख्न सहयोग गर्छ। यो गरिहालौं न् ? किन ढिलाई गर्ने ?

हामी साँच्चिकै संस्कारको थालनी गरौँ। संस्कार अर्थातकाम गर्ने उच्चतम तरिकाको तलासी गरौँ, लागू गरौँ। नेताका भाषणमा सांस्कृतिक क्रान्ति हुँदै गर्छन्, यो संस्कारको क्रान्ति चाहिं हामी सञ्चार जगतबाट सुरु गरौँ।   

अन्त्यमा मेरो अनुरोध 

अहिले हामी सबै बिषाद योगमा छौँ जसलाई भगवान श्री कृष्णको ज्ञानको खाँचो छ। 

यसैदेशसञ्चारमा डा. सुधा शर्माद्वारा सद्गुरुले धर्म अध्यात्मका बीचको वेदलाई  वर्णन गर्नुभएको प्रसङ्ग प्रकाश पारिएको छ। जहाँधर्मले हामीलाई कुनै बिश्वासको अधीनमा रहेर केही व्यवहारलाई पछ्याउन प्रेरित गर्छभनिएको छ।

सकारात्मकताको सम्बन्धमा ज्ञानको हिसाबले पनि प्रत्येक सञ्चार गृहले फरक फरकसमयमा महाभारत, रामायण, कुरान, बाइबल आदि प्रसारण गर्दा मात्र, अहिलेको विसंगतिमा केही मात्रामा भए पनि कमी आउछ भन्ने मेरो बिश्वाश छ। 

पहिला हामी साना हुँदा नेपाल टेलिभिजनबाट रामायण, महाभारत, बिष्णुपुराण आदि हेर्ने मौका हुन्थ्यो। अहिले केटाकेटीले राम त्  उही प्रधानमन्त्रीको भाषणमा मात्र सुन्छन्। 

यसले सस्कृति, धर्म, संस्कार, परम्परा आदि सबैमा टेवा पुर्‍याउँछ। यो कठिन पनि छैन। यत्रा टिभी, रेडियो , पत्रपत्रिका आदिमा अनिवार्य प्रशारण गर्दा दिनभरी नै कुनै कुनै संचार माध्यमबाट घरघरै पुग्छ। सुन्दिन भन्दा पनि उसले सुन्नु पर्ने वा हेर्नु पर्ने बाध्यता पर्छ। 

यो अनलाइन माध्यम भन्दा पनि अफलाइन (जस्तै टी.भी. वा रेडियो)  माध्यम मार्फत फलोत्पादक हुन्छ किनकि अनलाइनमा छोड्ने, नहेर्ने विकल्प हुन्छ तर अफलाइनमा हेर्न कर लाग्छ। अनलाइनमा आफै खोजिखोजी हेर्नु पर्छ, अफलाइनमा प्रेरित अनि प्रशारित हुन्छ। यसबाहेक, पत्रपत्रिका भन्दा पनि टेलिभिजन वा रेडियो प्रभावकारी होला किनकि शब्दहरू पढ्नुको सट्टा मानिसहरू जानकारीको लागि सुन्ने  र हेर्ने झुकाव राख्छन्।

थोरै मात्र ज्ञानको तरङ्गले वा सकारात्मक तरंगले मानिसलाईर्जाशील, सिर्जनशील विवेकशील बनाउँछ। सरकारी तवरबाटै यसको निर्णय भए अझ राम्रो, नभए पनि प्रेस परिषद्, संचार संघ आदि बाट निर्णय गरेर थालनी गर्न पनि सकिन्छ। 

अन्त्यमा एउटा प्रश्न, हामी विकृत हुने कि विकसित हुने?

असोज १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्