भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज– नेपालगञ्जमा ४५ वर्षीय एक जना कोरोना संक्रमित पुरुष मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का ४५ वर्षीय कोरोना संक्रमितको बिहीबार अपरान्ह ५ः१५ बजे मृत्यु भएको हो।

फोक्सोमा नियोनिया रहेका उनको भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए।

स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएका उनकाे भोलिपल्ट पीसीआर जाँच गरिएको थियो। ३१ गते उनलाई कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई ३१ गते राति ११ः४५ बजे भेरी अस्पतालमा रिफर गरिएको थियो। बिहीबार अपरान्ह उनको मृत्यु भएको छ। योसहित बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ।

असोज १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्