फोटो फिचर

यस्तो छ जनकपुरधाम-जयनगर चल्ने रेल (तस्बिरहरु)

जनकपुरधाम – नेपालको झण्डाको रंगमा रंगिएको रेल आज जनकपुरधाममा परीक्षणका लागि आइरहेको छ। जनकपुरधामका साइट इन्जिनियर बिनोद ओझाका अनुसार आज ११ बजे देखि १ बजेको बीचमा रेल जनकपुरधाम आइपुग्ने छ।

करिब ७ वर्ष देखि बन्द रहेको रेल पुनः सञ्चालनमा आउने भएपछि स्थानीयमा खुशीयाली आएको छ। तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्था सम्मको काम सम्पन्न भएको छ।

जसको लागि नेपाल सरकारले १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट ट्रेन आज आइरहेको छ।

तस्बिरहरुः बलराम मिश्र

 

 

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्