३०२ जना कैदीलाई आम माफी दिन राष्ट्रपतिलाई सिफारिस

राष्ट्रपति कार्यालय

काठमाडौं- संविधान दिवसको दिन शनिबार ३ सय २ जना कैदीलाई आम माफी दिन राष्ट्रपतिलाई सिफारिस गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्विकृत गरेपछि शनिबार उनिहरु छुट्ने छन्।

सरकारले संविधान दिवस र गणतन्त्र दिवसका दिन कैदीलाई आम माफी दिँदै आएको छ। ५० प्रतिशत कैद भुक्तान भएका, असल चालचलन भएका र नकारात्मक कसुरको सूचीमा नपरेका कैदीलाई आम माफी दिने गरिएको छ। गम्भिर प्रकृतिका करिब दुई दर्जन कसुरमा भने आम माफीको व्यवस्था छैन। बलात्कार, लागु औषधलगायत मुद्धाका कैदीले आम माफी पाउने गरेका छन्। २०७५ साल अघि ४० प्रतिशत कैद भुक्तान गरेका कैदीले आम माफी पाउने गर्थे।

राष्ट्रपतिले दिने आम माफी भने विवादमुक्त रहने गरेको छैन। राजनीतिक दबाबमा कतिपय गम्भिर किसिमका अपराधीलाई आम माफी दिइएको विगतका घटनाहरु छन्। ज्यान मारेको कसुरमा दोषी ठहर भएका तत्कालिन सांसद बालकृष्ण ढुंगेललाई आम माफी दिइएको थियो

 

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्