कालिमाटी प्रहरीको नियन्त्रणबाट चार जना फरार

काठमाडौं- कालिमाटी प्रहरी वृतको नियन्त्रणमा रहेका चार जना व्यक्ति बिहीबार राती फरार भएका छन्।

शंकास्पद अवस्थामा भेटेपछि नियन्त्रणमा लिएका उनिहरुलाई कार्यालय ल्याएपछि लापरबाही हुँदा फरार भएको काठमाडौं प्रहरी परिसर प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

‘बिहीबार राती १२ बजे उनिहरुलाई वृतमा ल्याइएको थियो। उनिहरुलाई कस्टडीभित्र हालि सकिएको थियो। बिहान सोधपुछ गर्ने गरि ड्युटी अफिसरको कार्यकक्षमा रहेका बेला उनिहरु फरार भएको देखिन्छ’, एसपी राठोरले भने।

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्