प्रदेश-१ मा १ सय ६६ संक्रमित थप, १ सय ९२ जना डिस्चार्ज

मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का १ सय ६६ नयाँ संक्रमित थपिएका छन्। जसमा ५७ जना महिला र १ सय ९ जना पुरुष रहेका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जना संक्रमित थप भएका हुन्।

मन्त्रालयका अनुसार प्रदेश राजधानी विराटनगरमा ५८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । त्यसैगरि, मोरंगको कटहरी गाँउपालिकामा ७ महिला ८ पुरुष, पथरीशनिश्चरे नगरपालिकामा ४ पुरुष, बुढीगंगा गाँउपालिकामा १ महिला ३ पुरुष, जहदा गाँउपालिकामा १ महिला २ पुरुष, धनपालथान गाँउपालिकामा १ महिला २ पुरुष, रंगेली र बेलबारी नगरपालिकामा समान १महिला, ग्रामथान गाँउपालिका र सुन्दरहरैचा नगरपालिकामा समान १ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको हो।

त्यसैगरि, सुनसरीको ईटहरी उपमहानगरपालिकामा ७ महिला २५ पुरुष, बराहक्षेत्र नगरपालिकामा २ महिला १० पुरुष, धरान उपमहानगरपालिकामा १ महिला ८ पुरुष, इनरुवा नगरपालिकामा १ महिला १ पुरुष, हरिनगर गाँउपालिकामा १ महिलामा संक्रमण पुष्टि भएको छ।

झापाको शिवसताक्षी नगरपालिकामा ३ महिला ४ पुरुष, कनकाई नगरपालिकामा १ पुरुष, उदयपुरको त्रियुगा नगरपालिकामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३७ पुगेको छ।

त्यसैगरि, अर्कोतर्फ प्रदेशमा एकैपटक उच्च संख्यामा १ सय ९२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार होमआईसोलेसनबाट १ सय २७, सुन्दरहरैचा नगरपालिकास्थित कोभिड १९ आईसोलेसन अस्पतालबाट ३३, झापाको धानजन आईसोलेसन अस्पतालबाट १३, संखुवासभाको जिल्ला अस्पतालबाट १०, झापाको मेची अस्पतालबाट ४, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, सुनसरीको हरिनगर गाँउपालिकास्थित वि.जेनरल अस्पताल र विराटनगरको मारवाडी सेवा सदन आईसोलेसनबाट समान १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशबाट डिस्चार्ज हुनेको संख्या २ हजार ४ सय ३२ पुगेको छ।

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्