जनकपुरमा रेल आएपछि सेल्फी लिनेहरूको तछाडमछाड (तस्बिरहरू)

जनकपुरधाममा रेल आएपछि सेल्फी लिँदै स्थानीय युवाहरू। तस्बिरहरू-राजा झा/देश सञ्चार

जनकपुरधाम-शुक्रबार कुर्था-जनकपुरधाम-जयनगरसम्म चल्ने रेल आज जनकपुरधाममा आएपछि सेल्फी लिने मानिसहरूको तछाडमछाड नै भएको छ।

रेल आए लगत्तै त्यसलाई हेर्न तथा स्वागत गर्न हजारौँको संख्यामा स्थानियहरुले सेल्फी लिएका हुन। सेल्फी लिनेमा युवा देखि वृद्ध, महिला दुखी सुरक्षाकर्मीसम्म रहेका छन्।

नेपालको राष्ट्रिय झण्डाको रंगले रंगीएको रेल भारतको हाजिपुरबाट बिहिबार जयनगर आएर आज जनकपुरधाममा पुग्दा जनकपुरधाममा भने बेग्लै दृश्य देखिएको थियो।

कोरोना महामारी आएपछि यतिको संख्यामा भिडभाड नदेखिएपनि आजको दृश्य भने फरक थियो। प्रहरी प्रशासन भएपनि हजारौँको संख्यामा सबै जनकपुरधाम स्थित रेल्वे स्टेशनमा सबै विहान १० बजे देखि नै पुगन सुरु गरेका थिए।

समय बढदै जाँदा भिड पनि बढदै गएको थियो र तिनीहरुको उत्सुकता समेत बढदै गयो र अन्ततः करिब २ बजे रेल आएपछि हजारौँको पर्खाई खुशीको रुपमा परिणत भएको भयो।

रेल आएको खुशीलाई सबैले आ–आफ्नो क्यामेरामा कैद गर्न भयाए। तस्बिर मात्र नभई युवा युवतीहरु टिकटक भिडियो बनाउन समेत पछाडी परेनन् । सबैले आजको अवसरलाई आफ्नो मोबाईलमा उतारे।

नेपालको एक मात्र रेल करिब ६ वर्ष देखि बन्द अवस्थामा थियो। नेरोगेजलाई ब्रोडगेजमा परिणत गर्न वि.सं. २०७१ साल माघ महिना देखि रेल सेवा बन्द थियो।

नेपालमा वि.सं. १९९४ सालमा विवाहपञ्चमीकै दिन देखि भारतमा शासन गरेका इस्ट इण्डिया कम्पनीले नेपालबाट दाउरा लग्नको लागि रेल सञ्चालनमा ल्याएको थियो।

 

असोज २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्