सिजनको पहिलो खेलमा च्याम्पियन बार्यन म्युनिखको ८–० को जित

च्याम्पियन बार्यन म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलको नयाँ सिजन अति प्रभावशाली जितसहित गरेको छ।

लिगको पहिलो खेलमा बार्यन म्युनिखले शुक्रबार राति एफसी शाल्केलाई ८–० ले पराजित गरेको हो। पहलिो आफमा तीन गोल गरेको बार्यन म्युनिखले दोस्रो हाफमा थप पाँच गोल गरेको हो ।

म्युनिखको जितमा सर्ज ग्नाब्रीले ४, ४७ र ५९ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे।

यस्तै १९ औँ मिनेटमा लियोन गोरेट्ज्का, ३१ औँ मिनेटमा पेनाल्टी मार्फत रोर्बट लेवान्डोस्की, ६९ औँ मिनेटमा थोमस मुलर, ७१ औँ मिनेटमा लिरोय साने र ८१ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरे ।

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्