१ सय ९२ स्वाब परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – चार महिने बालकसहित पर्सा, बारा र सर्लाहीका गरि थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा तीन जिल्लाका गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

संक्रमण देखिनेमा चार महिने बालकदेखि ६८ वर्षका वृद्धसहित ४१ पुरुष र ११ जना महिलाहरु रहेका छन्।

सबैभन्दा बढी बाराका ४५, पर्साका ६ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगञ्ज महानगरपालिकाका ३ र बाल सुधार गृहका ३ जनामा संक्रमण देखिएको छ ।

बाराको कलैया उप महानगरपालिकाका दुई, बारागढी गाउँपालिकाका विभिन्न स्थानका १५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै अस्थायी प्रहरी चौकी बारागढीका एक, इलाका प्रहरी कार्यालय बारागढीका ८ जनामा संक्रमण देखिएको छ।

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्