न्यूयोर्कको रोचेस्टरमा अन्धाधुन्ध गोली प्रहार, दुईजनाको मृत्यु

अमेरिकाको न्यूयोर्कमा स्थानीय समय अनुसार शनिबार बिहानै अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

न्यूयोर्कको रोचेस्टरमा भएको स्थानीयको पार्टीको क्रममा गोलीकाण्ड भएको हो । घटनामा कम्तीमा १४ जना घाइते भएका छन्।

पेन्सिलभेनिया एभिन्यू नजिक घटना भएको हो।

रोचेस्टर प्रहरीका कार्यकारी प्रमुख मार्क सिमोन्सले घटनामा १८ वर्षका युवक र २२ वर्षकी युवतीको ज्यान गएको हो।

झण्डै १०० जनाको जमघट रहेको पार्टीमा गोली चलेको हो।

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्