कोरोना संक्रमित महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

कांग्रेस महामन्त्री सशांक कोइराला।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना भाइरसबाट संक्रमित महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थामा कठीनाइ आएपछि राजधानीको चाबहिलस्थित ‌ओम अस्पतालमा भर्ना भएका थिए। उनको आइसियुमा राखेर उपचार भएको हो।

केही दिन अस्पतालमा बसेपछि स्वास्थ्यमा सुधार आएपछि उनी घरमै आइसोलेसनमा बस्ने गरी डिस्चार्च भएको अस्पतालले जानकारी दिएको छ।

महामन्त्री कोइरालालाई १० दिनअघि कोरोना पुष्टि भएको हो।

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्