कोरोनाबाट ज्यान गुमाउने चार सय नाघे, २४ घण्टामा ११ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात महिला र चार पुरुष छन्।

मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरकी ७६ र ६८ वर्षीया महिला तथा ६० वर्षीय पुरुष, काठमाडौँकी ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ।

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्