१ सय १३ प्राविधिकलाई दिए महानायक राजेश हमालले जनही पाँच हजार

काठमाडौँ– नेपाली चलचित्रका महानायक राजेश हमालले ११३ जना प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन्।

नेपाल प्राविधिक संघले आयोजना गरेको एक कार्यक्रमका बिच हमालले जनही पाँच हजार रुपैयाँले ११३ जना प्राविधिकहरुलाई सहयोग गरेका नेपाल प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन (पुस्कर लामा) ले जानकारी दिए।

कोरोना महामारीको कारण भएको लकडाउनका कारणले समस्या परेका प्राविधिकहरुलाई हमालले ५ लाख ६५ हजार रुपैयाँको आर्थिक सहयोग गरेका हुन्।

‘संघले पटक पटक आर्थिक सहयोग गर्ने गरेको छ। सकेसम्म सबै जनालाई पुर्‍याउन खोजिएको छ,’ भोम्जन भन्छन्, ‘अझै धेरैले सहयोग गर्न बाँकी छ।’

भोम्जनका अनुसार नेपाल चलचित्र प्राविधिक संघमा १५ सय जना प्राविधिकको नाम सूचिकृत भएको छ।

हमालको चलचित्रमा सक्रियता भएको समयमा नेपाल चलचित्र प्राविधिक संघले उनलाई महानायकको उपाधि दिएको थियो। प्राविधिकलाई समस्या परेको समयमा केही नगरेको भन्दै केहीले उनको आलोचना गर्ने गरेका थिए।

असोज ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्